निर्वाचित महिला जनप्रतिनिधि संजाल धनुषाले गरे विभिन्न निर्णय

2 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम, साउन २२ गते ।धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुको गठन भएको संजालले विभिन्न निर्णयहरु गरेका छन् । सोमबार संजालका अध्यक्ष श्रृजना भुजेलको अध्यक्षतामा भएको संजालको पहिलो बैठकबाट विभिन्न ६ वटा निर्णय गरिएको छ । जिल्लाका विभिन्न ६ वटा स्थानीय तहमा गठन गरिएको पालिका स्तरीय महिला जनप्रतिनिधि संजालको बैठक भदौँ ६ गते गर्ने निर्णय भएको छ । महिला नेतृत्व कार्यक्रम संचालन भएका पालिकाहरुमा लैँगिक उत्तरदायी बजेट निर्माणका लागि पत्राचार गर्ने तथा जिल्लामा रहेका राजनीतिक दलहरुलाई लैँगिक समानता सम्बन्धि सम्बेदनशील हुन पत्र बुझाउने निर्णय भएको संजालका जिल्ला सचिव नितु मल्लिकले जानकारी दिनुभयो । मल्लिहकले संचालन गर्नुभएको संचालनको बैठकबाट विभिन्न पालिका स्तरीय बैठक गरी सोको निर्णय जिल्ला संजाललाई दिने तथा जिल्ला स्तरीय महिला संजालको बैठक असोज २३ गते मिथिला नगरपालिकामा गर्ने निर्णय भएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत विभिन्न चरणमा धनुषा जिल्लाका ६ वटा स्थानीय तहका निर्वाचित महिला जनप्रीतनिधिहरुलाई माण्डवीले दिएको प्रशिक्षण पछि थप सक्रिय भएका संजालका सदस्यहरुले लैँगिक हिँसा, लैँगिक समानता तथा महिला बिरुद्ध हुने दुष्प्रचार र द्वेषपुर्ण अभिव्यक्तिलाई रोक्ने किसिमका सामग्री वा क्रियाकलापहरु सामाजिक संजालमा प्रयोग नगर्न निर्णय गरिएको बैठकमा सहभागी चौधरीले जानकारी दिनुभयो । सो बैठकमा माण्डवीका प्रशिक्षक द्वय बिजी घिमिरे तथा सम्झना बर्मा लगायत अन्य कर्मचारीहरु तथा २५ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा धनुषा जिल्लाको ६ वटा पालिका जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम नगरपालिका,गणेशमानचारनाथ नगरपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

12 comments
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

10 घन्टा पहिले

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

10 घन्टा पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

1 दिन पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

3 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

3 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

21 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले