जानकी मन्दिर परिसरमा रहेका ठूला होडिङ्ग वोर्डहरु हटाइयो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेका गैर धार्मिक पर्चा, पम्पलेट तथा होडिङ्ग वोर्डहरु युवा अभियानीहरुले हटाएर सफा बनाएका छन् । जानकी मन्दिर व्यवस्थापनले मन्दिरको फूलबारीमा लगाएको तरकारी खेती नष्ट गरेर होडिङ्ग वोर्डहरु हटाउनका लागि सम्बन्धि निकायलाई १५ दिन अगाडि नै आह्वान गरेपनि नहटाएपछि आज युवाहरूले बाध्य भएर हटाएका छन् । जानकी मन्दिरको पूर्वी प्रवेशद्वार सँगै रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको ठूलो होडिङ्ग बोर्ड हटाउनुका साथै जानकी मन्दिरको दक्षिण तीर रहेको प्रवेशद्वारसँग रहेको मोटरसाइकल प्रचारको होडिङ्ग बोर्ड हटाउने काम भएको छ । यसका साथै अन्य साना साना वोर्डहरु पनि हटाउने काम भएको छ । 

यसका साथै मन्दिर परिसरमा रहेका अन्य गैर धार्मिक प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको युवा अभियानी सरोज कुमार मिश्रले जानकारी दिनु भएको छ । आफूहरूले पहिला नै होडिङ्ग वोर्डहरु झिक्नका लागि सम्बन्धित निकायसँग आग्रह गरेपनि बेवास्ता गरेपछि आफूहरूले बाध्य भएर आफै हटाउनु परेको जानकारी उहाँले दिनु भएको छ । विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रुपमा रहेको विश्वका ठूला मन्दिरको रुपमा रहेको जानकी मन्दिरको अवलोकनका लागि देश विदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको वेलामा यस्ता प्रकारको सामाग्रीहरूका कारणले मन्दिरको स्वरूप नै बिगार्ने गरेको छ । युवाहरूको यस कामको जनकपुरधामका बुद्धिजीवी तथा नागरिक समाजले सराहना गरेको छ । यसका साथै सो ठाउँमा भएको फलामको सो बोर्ड झिक्न लगाउने तर्फ पहल हुनु पर्ने आवाज उठिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाले नै यसका लागि अग्रसर हुन आवश्यक छ ।  साभार : रेडियो नेपाल

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..