धनुषाधामका महिला जनप्रतिनिधिलाई मध्यवर्ती प्रशिक्षण सम्पन्न   उपप्रमुखलाई निर्वाचित महिला जनप्रतिनिधि संजालले बुझाए ध्यानाकर्षण पत्र 

2 वर्ष पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, भदौँ २ गते ।निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत शनिबार मध्यवर्ती तालिम धनुषाधाम नगरपालिकामा सम्पन्न गरेको छ । सो पालिकाका १५ जना महिला निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षक द्वय सेतारमान ठोकर र पार्वती भट्टराईले तीन दिवसीय मध्यवर्ती प्रशिक्षण दिनुभएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । तालिमको दोस्रो दिन अनुगमन गर्दै धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेलले लैँगिक उत्तरदायी बजेट निर्माणका लागि कार्यपालिकामा कुरा राख्ने बताउनु भयो । उहाँले यो परियोजनाका कारण निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास भएको जनाउदै परियोजनाको निरन्तारताका लागि पालिकाले समेत सहयोग गर्ने बताउनु भयो । यता, निर्वाचित महिला जनप्रतिनिधि संजाल धनुषाका अध्यक्ष श्रृजना भुजेल तथा सचिव नितु मल्लिकले सो पालिकाका उपप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षणपत्र बुझ्दै उपप्रमुख भुजेलले लैँगिक उत्तरदायि बजेटका लागि आफुले काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘ महिला वडासदस्यहरुको क्षमता विकास गर्दै आएकोमा माण्डवीलाई धन्यवाद छ , यस वर्षको बजेटमा महिला वडासदस्यहरुका लागि बजेट छुट्याएका छौँ ।’ यो भन्दा पहिला धनुषा तथा महोत्तरीका विभिन्न पालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुले सो तालिम लिएपछि वडास्तरमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

 

 

 

 

 

 

 

 

12 comments
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

12 घन्टा पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

12 घन्टा पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

2 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

2 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

20 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

20 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..