
मलमासका कारणले मिथिलाका मधुश्रावणी पर्व डेढ महिना चलेर सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व शनिवार सम्पन्न भएको छ ।पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर यस पटक मलिमास परेका कारणले डेढ महिना चलेर शनिवार सम्पन्न भएको छ ।
प्रत्येक २४ वर्षमा मलिमास पर्ने र यतिका दिनसम्म मधुश्रावणीको विधि गर्नुपर्ने प्रावधान रहने गरेको जनकपुरधामको वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनुभयो । अरू वर्ष साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन चल्ने भए पनि यस पटक मलिमास भएकाले शनिवारसम्म चलेका हो ।
मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, लगाउने लुगा, सिन्दूर, पोते, गरगहना तथा डेढ महिनासम्म खाने खाद्यान्न सामाग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले खाने तथा पूजा गर्ने परम्परा रहेको छ ।

मधुश्रावणीमा नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरमा रहेको फूलबारीबाट साँझ फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष डेढ महिनासम्म नै रोमाञ्चित बनेको थियो । मधुश्रावणीको अन्तिम दिन श्रीमान् श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट कथा सुन्ने चलन रहेको छ ।कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन् ।पर्व सम्पन्न भएपछि आमाबुबा सहित घरका ठुलाबडाबाट आशिष लिने चलन रहेको छ ।साभार : रेडियो नेपाल

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
7 घन्टा पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
7 घन्टा पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
2 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
19 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
19 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..