मलमासका कारणले मिथिलाका मधुश्रावणी पर्व डेढ महिना चलेर सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व शनिवार सम्पन्न भएको छ ।पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर यस पटक मलिमास परेका कारणले डेढ महिना चलेर शनिवार सम्पन्न भएको छ ।

प्रत्येक २४ वर्षमा मलिमास पर्ने र यतिका दिनसम्म मधुश्रावणीको विधि गर्नुपर्ने प्रावधान रहने गरेको जनकपुरधामको वडा नंं ८ का पण्डित मदन झाले जानकारी दिनुभयो । अरू वर्ष साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन चल्ने भए पनि यस पटक मलिमास भएकाले शनिवारसम्म चलेका हो ।

मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, लगाउने लुगा, सिन्दूर, पोते, गरगहना तथा डेढ महिनासम्म खाने खाद्यान्न सामाग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले खाने तथा पूजा गर्ने परम्परा रहेको छ ।

मधुश्रावणीमा नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरमा रहेको फूलबारीबाट साँझ फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।

फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष डेढ महिनासम्म नै रोमाञ्चित बनेको थियो । मधुश्रावणीको अन्तिम दिन श्रीमान् श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट कथा सुन्ने चलन रहेको छ ।कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन् ।पर्व सम्पन्न भएपछि आमाबुबा सहित घरका ठुलाबडाबाट आशिष लिने चलन रहेको छ ।साभार : रेडियो नेपाल

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..