मधेश प्रदेशमा लैङ्गिक अनुपात बढ्दै गएकोप्रति चिन्ता व्यक्त
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा पुरुषका बीचमा रहेको विभेदका कारणले लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र यूएनएफपिएका सहयोगमा जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ३० वर्ष पुरा भएको सन्दर्भ आज जनकपुरधाममा आयोजित प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।सहभागीहरूले महिला तथा पुरुष बीचको विभेदलाई कम गर्ने तथा महिलालाई बढी अवसर प्रदान नगरेसम्म जनसङ्ख्यालाई सन्तुलनमा राख्न चुनौती हुने बताउनुभयो ।अहिले देशमा १ सय महिलामा ९६ पुरुष भए पनि मधेशमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम भएकाले अगामी दिनमा त्यो झनै बढ्न सक्ने विज्ञहरूले औँल्याउनुभयो ।मधेश प्रदेशका १ सय छोरीमा १ सय १४ जना छोरा भएको जानकारी दिँदै यो अवस्था आउनुमा गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु रहेको जानकारी दिइयो ।कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न आवश्यक भएको बताउँदै सन्तुलित जनसङ्ख्याले नै मुलुकको विकास हुने बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकले गुणस्तरीय जनसङ्ख्याको सही व्यवस्थापन गरेर कतिपय मुलुक चाँडै समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो ।साभार : रेडियो नेपाल

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
1 घन्टा पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
1 घन्टा पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
2 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
19 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
19 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले