
मधेशमा ११ प्रतिसत भन्दा बढी बालबालिका श्रममा रहेको बेला बाल संरक्षण सम्बन्धी नागरिक मञ्च तदर्थ समिति गठन
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम,भदौ ६ गते ।बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले दिगो विकास लक्ष्यको ८ .७ का लागि बुधबार जनकपुरधाममा प्रदेश स्तरीय नागरिक मञ्च तदर्थ समिति गठन गरेको छ । दिगो विकास लक्ष्यको ८.७ मा उल्लेख भएको बाल श्रम, बाध्यकारी बाल श्रम तथा बालबालिका बेचबिखन अन्त्य गर्ने उद्देश्यले काम गर्न तत्काल तदर्थ समिति गठन गरेको छ । आसमान नेपालको आयोजनामा भएको एक कार्यक्रमका बिच उक्त समिति गठनको उद्देश्यका बारेमा संस्थाका कार्यक्रम प्रमुख दिनेश्वर साहले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा आसमान नेपालका कार्यक्रम प्रवन्धक मनिराम आचार्यले दिगो विकास लक्ष्य प्राप्तीका लागि ८.७ का लागि बालश्रमलाई अन्त्य गर्न नागरिक मञ्चले गर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । परियोजना संयोजक दिपेन्द्र तिवारीले नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेको तथा २ लाख अतिजोखिम बाल श्रममा रहेको जानकारी गराउनु भयो । त्यस्तै मधेश प्रदेशमा ५ वर्ष देखि १७ वर्ष उमेर समुहका १४ लाख९८ हजार बालबालिका मध्ये मध्ये ११.५१ अर्थात एक लाख ७२ हजार बालबालिका श्रममा संलग्न रहेको बताउनु भयो । ८८ हजार बालक तथा ८५ हजार बालिका मधेश प्रदेशमा बालश्रममा लागेका छन भने ५० हजार ९ सय ३२ बालबालिका जोखिमपुर्ण श्रममा लागेको राष्टिय बालश्रम प्रतिवेदन २०२१ले जनाएको छ । यसरी बाल श्रम रोक्न प्रदेश स्तरमा नागरिक मञ्च गठन गर्न भएको तदर्थ समितिमा बालअधिकारको क्षेत्रमा काम गरिरहेका संस्थाहरु आसमान नेपाल, लाईफ नेपाल, जानकी महिला जागरण समाज, सामाजिक विकास केन्द्र महोत्तरी, सामुदायिक सुधार केन्द्र, हनुमान सामाुदायिक सिकाई केन्द्र, दिव्य ज्योती नागरिक समाज, महावीर स्पोर्ट क्लव, कमला सामुदायिक अनुसन्धान केन्द्र, महादेव आत्म निर्भर समुह तथा एभरेष्ट युवा क्लव सहितका संस्थाहरु सहभागी छन् । उक्त समितिमा अन्य संस्थाहरु समेत थपिने परियोजना संयोजक तिवारीले जानकारी दिनुभयो । समितिले दिगो विकास लक्ष्यको ८.७ लागि काम गरी बाल संरक्षणका क्षेत्रमा सरकारलाई सहयोग गर्नेछन् । उक्त समितिका फोकल पर्सनमा जानकी महिला जागरण समाजका तर्फबाट विष्णु भंडारीलाई चयन गरिएको तिवारीले जानकारी दिनुभयो ।

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
2 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
19 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
19 दिन पहिले
धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..
जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..
27 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..