क्षीरेश्वरनाथका महिला जनप्रतिनिधिको मध्यवर्ती प्रशिक्षण सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, भदौँ ९ गते । निर्वाचित महिला जनप्रतिनिधहरुको क्षमता विकासका लागि धनुषा जिल्लाको विभिन्न पालिकामा माण्डवीले प्रशिक्षणलाई जारी राखेको छ । महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिका लागि जारी अभियान अन्तरगत शनिबार क्षीरेश्वरनाथका २१ जनाको प्रशक्षण सम्पन्न भएको छ । बिहिबार देखि सूरु भएको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युल सुरु भएको थियो । सो पालिकाका २१ ज्ना महिला जनप्रतिनिधिहरुलाई शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । उहाँहरुलाइ प्रशिक्षक द्वय सम्झना वर्मा तथा पार्वर्ती भट्टराईले प्रशक्षिण दिनुभएको छ ।सो प्रशिक्षणको अनुगमन माण्डवीका कार्यक्रम संयोजक मुनिलाल बैठाले गर्नुभएको थियो । उहाँले प्रशिक्षणको तिनै दित अनुगमन गर्दै सहभागी महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि जारी रहेको प्रशिक्षणका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । सो प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणको समापनका क्रममा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले समेत अनुगमन गर्नुभयो । अनुगमनका क्रममा सहभागी महिला जनप्रतिनिधिहरुले आफुहरुलाई ड्रेस तथा आईडी कार्डको व्यवस्था गर्न आग्रह गरेका थिए । प्रमुख यादवले महिला जनप्रतिनिधिहरुको आईडि कार्ड तत्कालै बनाउने आश्वासन दिदै नेतृत्व विकासका लागि उहाँहरुलाई अवलोकन भ्रमण गराउने आश्वासन दिनुभयो । तत्काल ड्रेसको व्यवस्था नभएपनि अगामी दिनमा यस विषयमा पहल गरिने समेत बताउनु भयो । उहाँले अगामी दिनमा पालिकाबाट लैँगिकमैत्री बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

23 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

23 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

23 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

23 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

23 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

23 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..