
महिला जनप्रतिनिधि आफ्नो क्षमताले पुनः निर्वाचित हुनु पर्छ : अन्जु झा
2 वर्ष पहिले प्रकाशित
Smrititimes


जनकपुरधाम,भदौँ १३ गते ।महिला नेतृत्वको क्षेत्रमा काम गरिरहेको संसथा माण्डवीका अध्यक्ष अन्जु झाले स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरु फेरी आफ्नो कार्यक्षमताको आधारमा निर्वाचित हुनु पर्ने बताउनु भएको छ । एक पटक निर्वाचित भईसकेको महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षणमा राज्यको लगानी भएको बताउदै उहाँलले जनताको विस्वासको कारण फेरी निर्वाचित हुनुपर्ने बताउनु भयो । धनुषाको मिथिला नगरपालिकाका महिला जनप्रतिनिधिहरुको मध्यवर्ती प्रशिक्षणका पहिलो मोड्युलको समापन सत्रमा बोल्दै उहाँले प्रशिक्षित भएका महिला नेतृत्वले वर्तमानको जे कारणले निर्वाचित भएपनि अगामी दिनमा सक्षम भएर आफ्नो कार्यक्षमताले निर्वाचित हुनु पर्ने बताउनु भयो । उहाँले अहिले सम्म समाजले महिलालाई नेता मान्न नसकेको बताउदै अरु भन्दा फरक तरिकाले जनाताको सेवा गरे अहिलेका महिला वडासदस्यहरुले अगामी दिनमा मेयर सम्मको दावेदारी गर्नसक्नु हुने बताउनु भयो । शि लिड्स परियोजनाको मुख्य उद्देश्य नै निर्वाचित महिलालाई अगामी दिनमा सक्षम नेतृत्व प्रदान गर्नु हो उहाँको भनाई छ । सो पालिकाका २५ जना तथा वर्दिवास नगरपालिकाका २ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय सेतारमान ठोकर तथा सम्झना बर्माले प्रशिक्षण दिनुभएको थियो । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
2 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
2 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
19 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
19 दिन पहिले
धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..
जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..
27 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..