आरती साह प्रकरणमा अभियुक्त बचाउन प्रहरी अधिकारी माथि निराधार आरोप एमाले नेताको सहमा काठमाडौँ केन्द्रित आन्दोलन गरियो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा

जनकपुरधाम । विगत केहि समय यता धनुषाका प्रहरी उपरिक्षक विश्वराज खडका र प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमका विरुद्धमा काठमाडौँमा भईरहेको आरती साहको आफन्तहरुको आन्दोलनले राज्यको ध्यान केन्द्रित गरेको छ । घटना जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकको हो । फुण्डीएको अवस्थामा लास फेला परेको आरती साहको हत्याको रहस्य पता लगाउन अभियुक्त मानिने उसको ससुरा र पतिलाई हिरासतमा लिएर अनुसन्धान भईरदा अचानक धनुषाका एसपी र डिएसपीको नाउँमा राजधानी सम्म भईरहेको आन्दोलनको भित्री रहस्य अर्कै रहेको बुझिन्छ । सो घटना पछि बयानका क्रममा पिडितका पक्षले बयानलाई नै भिडिओ लिएर बाहिर देखाउन खोज्दा कानुन विपरित भएको र यसले अनुसन्धानमा असर पर्ने भने पछि प्रहरी अधिकारी माथि प्रहरी कार्यालयमै हातपात गर्ने मृतक आरती साहका आफन्तलाई रोक्नु का सट्टा उसको मामा संजय साहले एक जना एमालेमा भर्खर प्रवेस गरेकी महिला नेतृको इसारामा काठमाण्डौँमा आन्दोलन गर्न लगाइएको कुरा बाहिरिएको छ । धनुषाको नगराइन नगरपालिकाकी आरती साहको रहस्यमय मृत्यु प्रकरणमा एसपी विश्वराज खडका र डिएसपी वेदप्रकाश गौत्तममाथि लगाइएको आरोपबारे छानबिन गर्न गठित समिति प्रतिवेदन तयारीमा जुटेको छ । डीआईजी विकास खनालको नेतृत्वमा रहेको पाँच जनाको छानबिन समितिले आरोपी प्रहरी अधिकारीद्वयसंग सोधपुछ गरिसकेको छ । एसपी खड्का र डीएसपी गौत्तममाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले काठमाण्डुको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेपछि छानबिन समिति गठन गरिरएको थियो । घटनाका दोषीलाई उम्किनको लागि प्रहरी विरुद्धमा क्रियाकलाप गरी एमाले अध्यक्ष केपी ओली संगको पहूँच छ भन्दै पिडित पक्षलाई अलमलमा पारी ती एमाले नेतृले आन्दोलन चर्काएको एक जना प्रत्यक्षदर्शीको भनाई छ । ‘मृतक आरती साहको परिवारले न्याय पाउनु पर्छ भन्नेमा कुनै दुईमत छैन र सोही अनुसार मुद्दा,पक्राउ लगायतको कानूनी प्रक्रिया सहज रुपमा चलिरहेको थियो । यसै बिचमा सो घटना दवाउन धनुषा प्रहरीको विरुद्धमा मृतकका मामालाई प्रभावमा पारी एमालेमा प्रवेश गरेका एक जना पुर्व प्रदेश साँसदले मृततका आफन्तलाई काठमाडौँ लग्नु र एमालेका साँसदले सदनमा यसको विषयमा ध्यानाकर्षण गराउनु र एमालेकै नेताहरुले प्रहरी विरुद्धका पोष्टहरुलाई पटक पटक सेयर गर्नु पक्कै पनि सो घटनाका दोषिलाई बनाई प्रहरी प्रशासनको विरुद्धमा राजनीति करण भएको स्पष्ट देखिन्छ । काठमाडौँको माइतीघर मण्डलामा एसपी खड्का र डीएसपी गौत्तमको तस्वीरमाथि अभद्र रुपमा गरिएको क्रियाकलाप मानवअधिकारको उलंघन रहेकोले हुँदै नभएको मिथ्या आरोप लगाएर आरतीले न्याय पाउने आसलाई आफन्त बाट नै निरासामा परिणत गर्ने काम भएको देखिन्छ । अनुसन्धानमा रहेको विषयका सन्दर्भमा लिइएको बयानहरुलाई भिडिओ सहित बाहि ल्याउने गरी प्रहरी माथि दवाव दिन र सो कामका लागि पिडित पक्षलाई विषयान्तर गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी अधिकारीले आफ्नो गोप्य अंग माथि बुटले कुटेको कुरा मिडियामा भन्ने मृतक आरती साहकी बहिनी मनिषालाई दवावमा यस्तो भन्न लगाइएको देखिन्छ । घटना भएको पछि माव अधिकार आयोग, ईन्सेक लगायतका मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाका प्रदेश प्रमुखहरु सहितको एसपी कार्यालयमा भएको बैठकमा बस्ने मनिषा साहलाई प्रहरी बुटले कुटेर रगत आएको भए सो कार्यालयको सोफामा समेत त्यसको दाग समेत हून्थ्यो । तर, त्यस्तै केहि पनि छैन । प्रहरी कार्यालयमा भएको सो हातापाई पछि धनुषा प्रहरीको विरुद्धमा पत्रकार सम्मेलन गर्न पत्रकारलाई एमालेका नतृ डा. रिना यादवको फोन आउनछ र त्यस्तै केहि समय पछि हामी अब यो घटनालाई लिएर एमाले अध्यक्ष केपी समक्ष जान्छौँ भन्दै पिडित पक्षलाई गाडीमा बोकेर एसपी र डिएसपी विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको थालनी हुन्छ । यसरी पिडित पक्षलाई बहकाएर पिडकलाई बचाउन यो ठुलो योजना जस्तो लाग्छ । मृतक आरती साहले न्याय पाउनै पर्छ तर के निराधार झुठो आरोप लगाएर कुनै सार्वजनिक पद धारण गरेकाको सम्मानको अधिकार खोस्न पाइन्छ ? यस्तै हो भने अगामी दिनमा हुने कुनै पनि घटनामा प्रहरीले खासै चासो नै नदेखायो भन्ने समाजमा अपराधको ग्राफ कहाँ जान्छ ? उक्त घटनामा कानुन बमोजिम कारवाही अगाडि बढिरहँदा पनि घटनालाई षडयन्त्रपूर्वक कसैलाई बदनाम गर्न मात्रै झमेला गरिएको हो । प्रहरीले धनुषाको मिथिलेश्वरका आरतीका मामा सन्तोष कुमार साह कानुलाई जवरजस्ती करणी मुद्दामा पक्राउ गरी कारवाही गरेको छ सोहि रिसिवी साध्न प्रहरी अधिकारीहरुमाथि लान्छाना लगाएर घटनाका दोषिलाई बचाउन खोजिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाकै कार्यकक्षमै तोडफोड गर्न लागेको भन्दै एसपी खड्काले हामीलाई साँझतिर फोन गरेर जानकारी गराएको राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामकी प्रमुख मंजु खतिवडाले भनाई छ । संचार माध्यममा आएको समाचार जस्तो अवस्था मनिषाको छैन उनलाई उनकै मामाले आफ्नो स्वाथ्र्य पुरा गर्न प्रयोग मात्र गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा हातपात भएको घटनामा रहेको एक जना प्रत्यक्षदर्शीले बताए । ईन्सेक मधेश प्रदेशका प्रमुख राजु पासमानले घटना भएको दिन हामीलाई जिल्ला प्रहरी कार्यालयबाट फोन आएको बताउँदै भने ्,‘जुन हिसाबले कुटपिट गरिएको आरोप लगाइएको छ त्यसबारे घटना भएकै दिन मनिषाले हामी समक्ष भन्नु पर्ने हो तर त्यस्तो केहि पनि भन्नु भएन । ‘छलफलको क्रममा भिडियो खिच्ने विषयमा प्रहरी जवानहरु संग झोकाझोकको क्रममा धक्का मुक्कि हुन सक्ने स्वभाविक विषय रहेकोले हामीले पनि ठ्याक्कै यहि भएको भनेर अहिले भन्न नसक्ने उनले स्पष्ट पारे । आरती साहको प्रकरणमा दोषिलाई कारबाही नभए फेरी यस्ता घटना बढ्छ र पिडकलाई बचाउन विभिन्न प्रकारका हर्कतहरु गरिन्छ ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

22 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

22 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

22 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

22 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

22 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

22 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..