मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

2 वर्ष पहिले प्रकाशित

Smrititimes

महोत्तरी,भदौ २० गते । मिथिला क्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येक जसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन् । द्वापर युगमा मथुरा कारागारमा भदौ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको थियो ।श्रीकृष्ण हिन्दू परम्पराका आराध्य देव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ मानिन्छन् । यो मान्यताले भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव मनाउने मैथिल परम्परा छ । श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि टेकिनासाथ (सुरु भएपछि) व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मिएको मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा छ । पर्वमा बस्ती पिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर ९माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने० जन्मोत्सव मनाइने चलन रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय बताउँछन् ।जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने चलन छ । मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वसुदेव/देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा वर्णन छ ।मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वसुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ ।श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिन्छन् । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् ।मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला (जात्रा) परम्परा छ । पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सीपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ ।साभार : नेपाल प्रेस

12 comments
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

23 घन्टा पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

23 घन्टा पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

23 घन्टा पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

18 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

18 दिन पहिले

धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..

जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..

26 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..