आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

2 वर्ष पहिले प्रकाशित

Smrititimes

धनुषा,असोज १ गते । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिए ।यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको उनले बताए ।उनका अनुसार खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ । 

दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।क्षीरेश्वरनाथ–४ की चन्द्रादेवी साहले नयाँ माटोका भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको बताए । प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने यहाँको परम्परा रहेको उनले बताए ।दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आज बिहानैदेखि घर–घरमा प्रसाद तयार गर्न महिला व्यस्त छन् । पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार ज्योतिष हेमाङ्ग ठाकुरले यो तिथिमा शुभफल प्राप्त गरेकाले उनकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुआत भएको किंवदन्ती छ ।

चौठचन्द्र पर्वको महत्व

पछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ । तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरीले बताए । उनले भने, ‘यस पर्वमा कुनै तामझाम र देखावटीपन हुँदैन । माटोका भाँडा, फलफूल, पीठोबाट बनेको परिकार, दहीलगायतका आफ्नै घरआँगनका उत्पादनको प्रयोग हुन्छ । यसमा कुनै प्रकारको भेद्भाव वा तडकभडक पनि हुँदैन ।’क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिसले अरु सबै देवी–देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिने भए पनि सूर्य र चन्द्रमालाई मात्र साक्षात् अनुभव गरेर दर्शन पूजा गर्ने हुँदा यो पर्वको महत्व अझ बढी महसुस गर्न सकिन्छ ।चौठचन्द्र पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको पनि उनले जानकारी दिए ।

तराई–मधेसमा लोकभाषामा ‘ढेला चौथ’समेत भनिने यो व्रत गर्नाले झुटो कलङ्कको दोष निवारण हुने गरेका धार्मिक विश्वास पनि रहेको सुन्दर सदन धनुषाका बाबा नबल किशोरको भनाइ छ ।मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् । इतिहासका ज्ञाता नबल किशोरका अनुसार श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ । मणिको प्रसङ्ग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको सङ्घर्षसँग जोडिएको छ ।साभार : नेपाल प्रेस

12 comments
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

22 घन्टा पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

22 घन्टा पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

24 घन्टा पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

1 दिन पहिले

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

1 दिन पहिले

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

5 दिन पहिले

नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..

जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..

5 दिन पहिले

कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..

जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..

5 दिन पहिले

जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..

  जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..

9 दिन पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

24 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

1 महीना पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

1 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..