आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै
3 वर्ष पहिले प्रकाशित
Smrititimes
धनुषा,असोज १ गते । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिए ।यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको उनले बताए ।उनका अनुसार खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।
दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।क्षीरेश्वरनाथ–४ की चन्द्रादेवी साहले नयाँ माटोका भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको बताए । प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ ।
चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने यहाँको परम्परा रहेको उनले बताए ।दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आज बिहानैदेखि घर–घरमा प्रसाद तयार गर्न महिला व्यस्त छन् । पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार ज्योतिष हेमाङ्ग ठाकुरले यो तिथिमा शुभफल प्राप्त गरेकाले उनकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुआत भएको किंवदन्ती छ ।
चौठचन्द्र पर्वको महत्व
पछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ । तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरीले बताए । उनले भने, ‘यस पर्वमा कुनै तामझाम र देखावटीपन हुँदैन । माटोका भाँडा, फलफूल, पीठोबाट बनेको परिकार, दहीलगायतका आफ्नै घरआँगनका उत्पादनको प्रयोग हुन्छ । यसमा कुनै प्रकारको भेद्भाव वा तडकभडक पनि हुँदैन ।’क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिसले अरु सबै देवी–देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिने भए पनि सूर्य र चन्द्रमालाई मात्र साक्षात् अनुभव गरेर दर्शन पूजा गर्ने हुँदा यो पर्वको महत्व अझ बढी महसुस गर्न सकिन्छ ।चौठचन्द्र पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको पनि उनले जानकारी दिए ।
तराई–मधेसमा लोकभाषामा ‘ढेला चौथ’समेत भनिने यो व्रत गर्नाले झुटो कलङ्कको दोष निवारण हुने गरेका धार्मिक विश्वास पनि रहेको सुन्दर सदन धनुषाका बाबा नबल किशोरको भनाइ छ ।मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् । इतिहासका ज्ञाता नबल किशोरका अनुसार श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ । मणिको प्रसङ्ग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको सङ्घर्षसँग जोडिएको छ ।साभार : नेपाल प्रेस
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
2 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
14 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
21 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
21 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
21 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
30 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..