श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न रागनी साह भईन प्रथम
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ८ गते ।
महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो विद्यालयमा अध्ययनरत कक्षा ९ कि छात्रा रागनी साह प्रथम भएकी छिन् । सो विद्यालयका प्रधानाध्यापक श्रीश कुमार मिश्रको अध्यक्षतामा भएको वर्तमान अवस्थामा लागु पदार्थका कारण समाजमा हुने विभिन्न घटनाहरुको सम्बनधमा शान्तिका लागि युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगितामा सहभागी भएका कक्षा ८,९ ,१० र ११ का एक दर्जन सहभागी विद्यार्थीहरु बिच भएको सो वक्तृत्वकलामा कक्षा ९ मा अध्ययनरत छाटा रागनी साह प्रथम, कक्षा ११ मा अध्ययनरत छात्र सशांक राउत द्वितिय, कक्षा १० मा अध्ययनरत छात्र देवराज साह तृतिय तथा जीवन यादव सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजेता चारै जना विद्यार्थीहरुलाई सिल्ड कप वितरण गरिएको थियो ।
सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत सो विद्यालयमा भएको उक्त प्रतियोगितामा विजेताहरुलाई प्रधानाध्यापक मिश्र,निर्णायक मंडलका सदस्यहरु तथा विद्यालयका शिक्षकहरुले सिल्ड प्रदान गर्नु भएको थियो । सो प्रतियोगितामा राजकीय संस्कृत मावि मटिहानीका प्रधानाध्यापक इश्वरी पौडेल, राम माविका शिक्षक लक्षमण अधिकारी तथा जीवछ कामत निर्णायक मंडलका रुपमा सक्रियताका साथ सहभागीहरुको मुल्याङकन गर्नु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रधानाध्यापक मिश्रले सहभागी विद्यार्थीहरुले गरेको प्रयासको सराहनीय गर्नु भयो । उक्त प्रतियोगितालाई निर्माणात्मक रुपमा लिई आफु भित्र रहेको कमिकमजोरीलाई हटाउन आग्रह गर्नु भयो ।
उहाँले शिर्षकलाई ध्यानमा राखि मौलिक तरिकाले प्रस्तुत गर्न आग्रह गर्नु भयो । अर्का वक्ता निर्णायक मंडलका प्रतिनिधि राजकीय संस्कृत मावि मटिहानीका प्रधानाध्यापक इश्वरी पौडेलले सहभागी विद्यार्थीहरुले गरेका प्रस्तुतीमा सुधारिनुपर्ने पक्षका सम्बनधमा जानकारी गराउनु भयो ।
उहाँले सपोर्ट नेपालको सहयोगमा विद्यार्थीहरुलाई वक्तृत्वकलाको माध्यमले बोल्ने क्षमताको विकासमा सहयोग पुगेको बताउदै यसलाई विद्यालयले निरन्तरता दिनुपर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सय भन्दा बढीको सहभागिता रहेको थियो । सो कार्यक्रममा सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक सत्रुघन महतोले वर्तमान अवस्थामा युवाहरुमा लागु पदार्थको प्रयोगले समाजमा अशान्ति भईरहेको बेला विद्यार्थीहरुलाई लागु पदार्थको नाकारात्मक पक्षलाई ध्यानमा राखि यो सेवन गर्दा हुने समस्याका विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।
सो कार्यक्रममा श्री राम मावि मटिहानीका शिक्षकहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुरले गर्नुभएको थियो । कार्यक्रममा ३३५ जनाको सहभागिता रहेको थियो ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 घन्टा पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
11 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
13 घन्टा पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
14 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
1 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
8 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
15 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
22 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
22 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
22 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..