इजरायल गएको २४ दिनमै मारिए आनन्द, एक्लो छोराको वियोगले परिवारमा बज्रपात

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , असोज २२ गते ।  शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् ।साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । घरमा आमा–बुवा र बहिनीहरू बेहोस छन् ।लक्ष्मीनियाँ गापा ४ का वडाध्यक्ष रमेश साहका अनुसार हमलाको एक दिन अगाडी शुक्रवार आनन्दले आफ्नो बहिनीसँग फोनमा कुरा गरेकी थिए । आनन्दका बुवा सोमन साह किसान छन् । खेत गएका कारण बुवा र आमाको छोरासँग कुरा भएन ।बहिनीलाई आनन्दले फोनमा ‘म यहाँ ठिक छु, तिमीहरू राम्रोसँग बस्नु’ भनेका थिए– वडाध्यक्ष साहले सुनाए ।आतंकी हमलाको खबर पाएपछि आनन्दसँग फोनमा सम्पर्क गर्न उनका दिदीले कैयन प्रयास गरिन् । तर मोबाइलमा रिङ्ग जान्छ, रिसिभ हुँदैनन् । फोन रिसिभ नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

तर सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भयो । वडाध्यक्ष साह भन्छन्- आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।

‘आनन्द एक्लो छोरा थिए’, वडाध्यक्ष साहले भने, ‘तर उनी नै नरहेपछि आमा–बुवाका लागि सर्वस्व नै गुमाएको छ ।’ उनको घरको अवस्था दयनीय छ ।

स्थानीयले गरे सडक अवरुद्ध

मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका हुन् । उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।सडक अवरुद्ध पारेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । स्कुल बसहरूसमेत रोकिएको छ ।

साभार : नेपाल प्रेस

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

18 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

18 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

18 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

18 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

18 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

3 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

18 घन्टा पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..