इजरायल गएको २४ दिनमै मारिए आनन्द, एक्लो छोराको वियोगले परिवारमा बज्रपात

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , असोज २२ गते ।  शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् ।साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ । घरमा आमा–बुवा र बहिनीहरू बेहोस छन् ।लक्ष्मीनियाँ गापा ४ का वडाध्यक्ष रमेश साहका अनुसार हमलाको एक दिन अगाडी शुक्रवार आनन्दले आफ्नो बहिनीसँग फोनमा कुरा गरेकी थिए । आनन्दका बुवा सोमन साह किसान छन् । खेत गएका कारण बुवा र आमाको छोरासँग कुरा भएन ।बहिनीलाई आनन्दले फोनमा ‘म यहाँ ठिक छु, तिमीहरू राम्रोसँग बस्नु’ भनेका थिए– वडाध्यक्ष साहले सुनाए ।आतंकी हमलाको खबर पाएपछि आनन्दसँग फोनमा सम्पर्क गर्न उनका दिदीले कैयन प्रयास गरिन् । तर मोबाइलमा रिङ्ग जान्छ, रिसिभ हुँदैनन् । फोन रिसिभ नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

तर सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भयो । वडाध्यक्ष साह भन्छन्- आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।

‘आनन्द एक्लो छोरा थिए’, वडाध्यक्ष साहले भने, ‘तर उनी नै नरहेपछि आमा–बुवाका लागि सर्वस्व नै गुमाएको छ ।’ उनको घरको अवस्था दयनीय छ ।

स्थानीयले गरे सडक अवरुद्ध

मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका हुन् । उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।सडक अवरुद्ध पारेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । स्कुल बसहरूसमेत रोकिएको छ ।

साभार : नेपाल प्रेस

12 comments
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

16 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

16 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

16 दिन पहिले

धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..

जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..

24 दिन पहिले

भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..

जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..

1 महीना पहिले

लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..

जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

1 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

5 महीना पहिले