अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस

2 वर्ष पहिले प्रकाशित

Smrititimes

विराटनगर,असोज २३ गते । अविवाहित युवतीले जन्माएको शिशु बेचेको घटनामा संलग्नविरुद्ध दायर मुद्दामाथि आजबाट बहस सुरू भएको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत चिकित्सक, बच्चाका बाबुसहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा अपहरण तथा व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङमा सोमबार मुद्दा दायर भएको छ ।प्रहरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० बर्सिया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका-२ आदर्श टोलकी ३३ बर्सिया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाएको छ ।घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरूको बयान मंगलबारबाट सुरू भएको छ । उनीहरूको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ ।बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।

नवजात शिशुका बुवा गोविन्द राईसमेतको मिलेमतोमा शिशु बेचिएपछि प्रहरीले मोरङको इटहरी गाउँपालिका-२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु (छोरी) लाई जन्मनसाथ अस्पतालबाटै गायब पारिएको थियो ।प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।अविवाहित २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’ मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते छोरी जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।युवतीले साउन ३२ गते मोरङ प्रहरीमा बच्चा हराएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा (अविवाहित युवती) लाई थाहै नदिइकन उनका प्रेमी अर्थात् बच्चाका बाबु (गोविन्द), चिकित्सक (डा. तपेश्वर) र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ ।डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु) थिए । उनको विराटनगर-९ मा दिपेश मेडिकल हल छ ।साभार : नेपाल प्रेस

12 comments
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

16 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

16 दिन पहिले

न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..

जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..

16 दिन पहिले

धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..

जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..

24 दिन पहिले

भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..

जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..

1 महीना पहिले

लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..

जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..

1 महीना पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

1 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

5 महीना पहिले