आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै
2 वर्ष पहिले प्रकाशित
Smrititimes

काठमाडौं ,असोज २९ गते । बडादशैंको दोस्रो दिन आज सोमवार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ। बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।
देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ।
दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।
सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ।
यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ। कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ। यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। विशेषगरी जनकपुरधामको राजदेवी मन्दिर, काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ।साभार : डिसी नेपाल

जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..
जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..
2 दिन पहिले
जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..
जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..
2 दिन पहिले
कल सुकेपछि मखनाहा र इनर्वामा आपातकालीन खानेपानी वितरण
जनकपुरधाम साउन ६ गते । अहिलेको समयमा वर्षा नहुँदा पानीका मुहानहरु सुकिसकेको अवस्थामा खानेपानीको समस्यालाई तत्क..
2 दिन पहिले
जनचेतना र स्वास्थ्य सन्देशका लागि ‘जनकपुर वाक’ सम्पन्न
जनकपुरधाम, ३ साउन । सामाजिक सचेतना, जनस्वास्थ्यप्रति जागरुकता अभिवृद्धि र शान्ति सन्देश प्रवाहको उद्देश्यसह..
6 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
10 दिन पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
10 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
10 दिन पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
1 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
2 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
2 महीना पहिले
मधेशमा ७७ प्रतिशत साक्षर महिला माथि हिँसा ः ओरेक नेपाल
जनकपुरधाम जेठ २५ गते ।महिला पुर्नस्थापना केन्द्र(ओरेक) नेपालले मधेश प्रदेशमा ७७ प्रतिशत साक्षर महिलाहरु माथि हि..
2 महीना पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..