चालू आर्थिक वर्षकाे आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत: राष्ट्र बैंक
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,मंसिर २० गते । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ ।देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सर्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको आंकलन छ ।
त्यस्तै उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ । २०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको छ जनाइएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ ।
शोधान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिती बढ्दै गई २०८० असोजमा १६ खर्ब ४३ अर्ब अर्थात १२.३ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त सञ्चितीले १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालू आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ ।
बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालू वर्ष १४.९ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आ्रकलन गरिएको छ ।
यस्तो छ गभर्नर अधिकारीले समितिमा पेश गरेको वित्तीय स्थिति :

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
19 घन्टा पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
19 घन्टा पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
3 दिन पहिले
पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..
जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि सँ शुरू होय रहल अछि । बाह..
3 दिन पहिले
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
4 दिन पहिले
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..
4 दिन पहिले
जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..
काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..
15 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
5 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
5 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
7 महीना पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
7 महीना पहिले
ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न
जनकपुरधाम माघ १८ गते ।विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका लाग..
11 महीना पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..
जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..
