मेरो जस्तो पिडा कसैलाई नपरोस् ।

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
चैत्र १२, तामाकोशी ।
मेरो विवाह १६ बर्षको कलिलो उमेरमा २०६५ सालमा भयो । भर्खरै फक्रन सुरु गरेको मेरो उमेर कलिलै थियो । के गलत के सहि राम्रोसँग छुट्याउँन सक्दिन थिएँ । पढ्ने, खेल्ने र घुम्ने रमाउँने उमेर भुलेर जन्मघर रामेछाप वेतालीबाट कर्मघर दोलखाको तामाकोशी गाउँपालिकामा आएँ । मेरो त्यो कलिलो उमेरमा विवाह भएको तीन महिना नवित्तै कालो बादल मडारिन थाल्यो । श्रीमान जागिरमा हुनुहुन्थ्यो । म घरमा थिएँ । घरमा अन्य परिवार सासु, ससुरा, आमाजूहरु हुनुन्थ्यो । मैले सानै भएपनि उहाँहरुको आदार सम्मानमा कुनै कसर वाँकी राखेकी थिइन जस्तो लाग्दछ । सके सम्म उहाँहरुलाई कसरी खुशि पार्न सकिन्छ भनेर लागिरहन्थे । समय वित्दै थियो, परिवारमा मैले जति कोषिस गरेपनि खुशि दिन सकिन । मलाई परिवारबाट विभिन्न आरोपहरु लगाउँन थालियो । मेरो आफ्नो भनेको मान्छे श्रीमान तर उहाँपनि परिर्वतन हुनुभयो । उहाँले समेत मलाई गालिगलोज र कुटपिट गर्न थाल्नुभयो । यहि विवादको समयमा पनि मेरो छोरा जन्मियो । छोरा जन्मे पछि पनि मलाई गरिने व्यवहारमा कुनै कमि आएन । छोरा हुर्काउँदै म न्यायको लागि विभिन्न निकाय धाउँन थाँले । म निराश पनि भएको थिएँ । कहिले काँहि मर्न मन लागेर आउँथ्यो तर मेरो छोरा थियो । मर्नपनि सकेकी थिइन ।
जब स्थानिय तहको निर्वाचन भयो । स्थानिय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएछ । म अन्याय सहन नसकेर प्रहरी चौकि धाउँदै थिएँ त्यहि बेला पालिकामा निवेदन दिन सल्लाह भयो । सल्लाह अनुसार मैले तामाकोशी गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएँ । निवेदन दिएको केहि समय पछि हाम्रो घर परिवारलाई वोलाउँनु भयो । त्यहाँ उपाध्यक्ष उर्मिला खड्का के.सी लगाएत हुनुहुन्थ्यो । विभिन्न तवरले छलफल भयो । अन्तमा हामि मेलमिलाप गरेर सपरिवार घर फर्किएका थियौं । मेरो समस्याको समधान हुन्छ जस्तो लागेको थिएन तर भगवानको कृपा भनौं या के भनौं म दङ्ग छु ।
म अहिले काठ्माडौमा आफ्नै श्रीमानसँग खुशिसाथ बसेकी छु । मेरो श्रीमान अहिले मलाई धेरै मायाँ गर्नुहुन्छ । परिवार राम्रोसँग चलेको छ । हामि सवै काम दुवैको सल्लाहमा गर्दछौ । छोरा बोडिङग पढ्छ । पहिलाका ति काहालि लाग्दा दिन सवै अहिले भुलेको छु । मलाई मेरो श्रीमानको धेरै मायाँ लाग्छ । उहाँ पनि अहिले त्यतिकै मायाँ गर्नुहुन्छ । विश्वास लिएकी छु अवका दिन यसैगरि वित्ने छ । म तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहाँन्छु र मेरो जस्तो पिडा कसैलाई नपरोस् । यदि परेपनि नआत्तिकन न्यायको लागि लडि रहन सम्पुर्ण दिदीबहिनीलाई आग्रह गर्दछु ।
अनुभव सुनाउँदै हुनुहुन्थ्यो तामाकोशी गाउँपालिका नाम परिर्वतित सिता कार्की । साँच्चै उहाँ सिता जस्तै सतीशालि हुनुहुन्छ भने श्रीमान पनि विगतका सवै गल्ति कमजोरी सच्याउँदै आफ्नो श्रीमतीलाई धेरै मायाँ र खुशि दिने प्रयत्न गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, पहिला जति दुख दिएपनि अहिले धेरै मायाँ लाग्छ । पहिला बुद्धि विग्रियो दुख दिएँ, दुख पनि पाएँ । अव त्यस्तो गल्ति नहुनेमा विश्वास दिंदै हाँस्दै सुनाउँनु हुन्छ ।
तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी पनि विवाद मिलाएर सफल भएकोमा खुशिको अनुभुति गर्दै काम गर्दै जाँदा दुख मात्र हैन खुशि पनि मिल्ने रहेछ आफ्नो अनुभव सुनाउँनुहुन्छ । तामाकोशी गाउँपालिको न्यायिक समितिमा २०७४ देखि हाल सम्म ९३ वटा उजुरी दर्ता भएका थिए । जस्मा मिलापत्र मार्फत ८४ वटा उजुरी पालिकाले समधान गरेको छ । फैसला मार्फत एउटा र ८ वटा प्रक्रियामा रहेको जानकारी पालिकाको न्यायिक समितिले दिएको छ ।
गाउँघरमा अझैपनि घरेलु हिंसामा कमि आएको छैन । बाहिर आउँन नसकेका थुप्पै घटना रहेका छन् । सवै भन्दा बढि महिला, बालबालिका पिडित छन् । समाजमा भएका यस्ता खालका विवादले नराम्रो असर परिरहेको छ । सभ्य समाज र्निणमाणका लागि यस्ता खालका विवाद र हिंसा अन्त्य हुन जरुरी छ । जुनसुकै विवाद भएपनि महिला सवै भन्दा बढि पिडित छन् । ज्याला मजदुरी सम्वन्धि विवाद, घरेलु हिंसाका घटना, गाली वेइजति, जग्गा सम्वन्धि विवाद, छुवाछुत, मदिरा सेवन लागाएतका थुप्प्रै किसिमका विवाद हुने गर्दछन् । यस्ता खालका विवाद हुनै नदिन र यदि भैहाले पनि स्थानिय तहले समयमा नै समाधान र मेलमिलाप गराउँन सके ठुलो राहात हुने थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

17 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

17 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

20 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

21 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

22 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

23 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

2 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

9 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

16 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

22 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

23 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

23 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..