‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर्किने क्रम बढ्दो
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन्तर्गतको ‘उडान’ कक्षाले विद्यालय छाडेका किशोर–किशोरीलाई पुनः शिक्षाको मूलधारमा ल्याउन उल्लेखनीय भूमिका खेलेको पाइएको छ । शुक्रबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यशालामा सहभागीहरूले सामाजिक विश्लेषण र कार्य प्याकेज कार्यान्वयनमार्फत समुदायमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशको सहकार्यमा केयर नेपालद्वारा आयोजित कार्यक्रममा परियोजनाबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइबारे छलफल गरिएको थियो ।
समग्र जनउत्थान केन्द्र, लहानका कार्यकारी निर्देशक अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केयर नेपालका शिक्षा तथा सीप विकास लिडर रविन्द्र कुमालले परियोजनाको उद्देश्य, सामाजिक विश्लेषणको प्रक्रिया तथा कार्यान्वयनका उपलब्धिबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यशालामा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशिल कुमार साहले अझै पहुँचबाट टाढा रहेका समुदायलाई कार्यक्रमको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उहाँले शिक्षा र सशक्तीकरणका कार्यक्रम सबै वर्ग र समुदायसम्म पुग्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, उपाध्यक्ष गुलाबदेवी चौधरी, धनगढीमाई नगरपालिकाका उपप्रमुख संगिता चौधरी, भगवानपुर गाउँपालिकाका उपाध्यक्ष रेखा यादव, वडाध्यक्षहरु संजना सिंह, संजय यादव, शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक उद्धव राय यादव, शिक्षा तथा संस्कृति मन्त्रालयका किशोरी कापर लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सिरहाको भगवानपुर गाउँपालिकाकी नीति कुमारी पासवानले ‘उडान’ कक्षाको सहायताले पुनः विद्यालय फर्किन सफल भएको अनुभव सुनाइन् । कक्षा २ पछि पढाइ छाडेकी उनले ११ महिनाको वैकल्पिक अध्ययनपछि सिधै कक्षा ७ मा भर्ना भएर हाल कक्षा १० मा अध्ययन गरिरहेकी छन् । कक्षा ८ को बोर्ड परीक्षामा चार जीपीए हासिल गरेकी नितुले अहिले परिवारबाट समेत पूर्ण साथ पाएको बताइन् ।
यस्तै, नरहा गाउँपालिकाकी पूजा यादव, सखुवा नन्कारकट्टी गाउँपालिकाकी रबिना पासवान तथा नितिश कुमार महतोले पनि ‘उडान’ कक्षामा सहभागी भएपछि विद्यालयमा पुनः भर्ना भई नियमित अध्ययन गरिरहेको अनुभव साझा गरे। उनीहरूले शिक्षा प्राप्तिका अवसर विस्तारसँगै लैङ्गिक विभेद अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।केयर नेपालका कार्यक्रम अधिकृत इन्दिरा थापाका अनुसार परियोजनामार्फत विद्यालय बाहिर रहेका धेरै किशोर–किशोरी पुनः अध्ययनमा फर्किएका छन्।
उक्त कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, नरहा गाउँपालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा सञ्चालन भएकोे छ । परियोजना संयोजक देवकुमार महतोले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यशालामा सामाजिक विश्लेषण र कार्य प्याकेजको प्रभावकारी कार्यान्वयनले समावेशी विकास, पारदर्शिता र दीगो परिणाम हासिल गर्न सहयोग पुगेको निष्कर्ष निकाल्दै आगामी कार्यक्रमलाई अझ लक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
6 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
6 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
3 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
16 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
1 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
2 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
2 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
2 महीना पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..