‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर्किने क्रम बढ्दो
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन्तर्गतको ‘उडान’ कक्षाले विद्यालय छाडेका किशोर–किशोरीलाई पुनः शिक्षाको मूलधारमा ल्याउन उल्लेखनीय भूमिका खेलेको पाइएको छ । शुक्रबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यशालामा सहभागीहरूले सामाजिक विश्लेषण र कार्य प्याकेज कार्यान्वयनमार्फत समुदायमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशको सहकार्यमा केयर नेपालद्वारा आयोजित कार्यक्रममा परियोजनाबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइबारे छलफल गरिएको थियो ।
समग्र जनउत्थान केन्द्र, लहानका कार्यकारी निर्देशक अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केयर नेपालका शिक्षा तथा सीप विकास लिडर रविन्द्र कुमालले परियोजनाको उद्देश्य, सामाजिक विश्लेषणको प्रक्रिया तथा कार्यान्वयनका उपलब्धिबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यशालामा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशिल कुमार साहले अझै पहुँचबाट टाढा रहेका समुदायलाई कार्यक्रमको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उहाँले शिक्षा र सशक्तीकरणका कार्यक्रम सबै वर्ग र समुदायसम्म पुग्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, उपाध्यक्ष गुलाबदेवी चौधरी, धनगढीमाई नगरपालिकाका उपप्रमुख संगिता चौधरी, भगवानपुर गाउँपालिकाका उपाध्यक्ष रेखा यादव, वडाध्यक्षहरु संजना सिंह, संजय यादव, शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक उद्धव राय यादव, शिक्षा तथा संस्कृति मन्त्रालयका किशोरी कापर लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सिरहाको भगवानपुर गाउँपालिकाकी नीति कुमारी पासवानले ‘उडान’ कक्षाको सहायताले पुनः विद्यालय फर्किन सफल भएको अनुभव सुनाइन् । कक्षा २ पछि पढाइ छाडेकी उनले ११ महिनाको वैकल्पिक अध्ययनपछि सिधै कक्षा ७ मा भर्ना भएर हाल कक्षा १० मा अध्ययन गरिरहेकी छन् । कक्षा ८ को बोर्ड परीक्षामा चार जीपीए हासिल गरेकी नितुले अहिले परिवारबाट समेत पूर्ण साथ पाएको बताइन् ।
यस्तै, नरहा गाउँपालिकाकी पूजा यादव, सखुवा नन्कारकट्टी गाउँपालिकाकी रबिना पासवान तथा नितिश कुमार महतोले पनि ‘उडान’ कक्षामा सहभागी भएपछि विद्यालयमा पुनः भर्ना भई नियमित अध्ययन गरिरहेको अनुभव साझा गरे। उनीहरूले शिक्षा प्राप्तिका अवसर विस्तारसँगै लैङ्गिक विभेद अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।केयर नेपालका कार्यक्रम अधिकृत इन्दिरा थापाका अनुसार परियोजनामार्फत विद्यालय बाहिर रहेका धेरै किशोर–किशोरी पुनः अध्ययनमा फर्किएका छन्।
उक्त कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, नरहा गाउँपालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा सञ्चालन भएकोे छ । परियोजना संयोजक देवकुमार महतोले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यशालामा सामाजिक विश्लेषण र कार्य प्याकेजको प्रभावकारी कार्यान्वयनले समावेशी विकास, पारदर्शिता र दीगो परिणाम हासिल गर्न सहयोग पुगेको निष्कर्ष निकाल्दै आगामी कार्यक्रमलाई अझ लक्षित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
12 घन्टा पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
12 घन्टा पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
18 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
1 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
1 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
2 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
18 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
1 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
1 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
5 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..