समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा सञ्चालित सशक्तीकरण परियोजनाअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका, बरहथवा नगरपालिका, मटिहानी नगरपालिका, धनौजी गाउँपालिका र इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ‘समावेशी शासनको अनुगमनदेखि उत्तरदायी स्थानीय शासनका अन्तर पहिचान तथा सुधारको मार्गचित्र’ विषयमा प्रशिक्षक यमनाथ गिरीले प्रस्तुतीकरण गरेका थिए। उनले स्थानीय तहले निर्माण गरेका नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, नागरिकको सहभागिता र सेवा प्रवाहको परिणामलाई नियमित रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिए।सपोर्ट नेपालका कार्यवाहक अध्यक्ष सुनिल मल्लिकले संस्थाले स्थानीय तहमा टोल विकास संस्था गठन, जिम्मेवारी निर्धारण, कार्यविधि तथा कार्यनिर्देशिका निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको बताए। संस्थाले कामबाट बाहिरिएपछि निर्माण गरिएका संरचना र कार्यविधि कति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् भन्ने विषयमा थप अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको उनको भनाइ थियो।
इलामको सूर्योदय नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बिमल राईले विगतमा निःशुल्क तथा वितरणमुखी कार्यक्रमअन्तर्गत किसानलाई उपलब्ध गराइएका कतिपय सामग्री प्रयोगमा नआएको अनुभव सुनाए। कतिपय सामग्री व्यक्तिगत प्रयोजनमा समेत प्रयोग भएको अनुभवबाट कृषि मेसिनरी, औजार तथा उपकरण वितरणमा लागत साझेदारी आवश्यक रहेको महसुस गरी नगरपालिकाले २०८० मा सम्बन्धित सञ्चालन कार्यविधि निर्माण गरेको उनले जानकारी दिए।
बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले टोल विकास समितिले विभिन्न संघ–संस्था तथा नगरपालिकासँग सहकार्य र समन्वय गर्दै विकास निर्माण, जनचेतना अभिवृद्धि तथा सामाजिक विकृति–विसंगति न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइन्।
विकास निर्माणमा जनसहभागिता जुटाउने तथा परिवर्तनकारी सोचलाई घर–घरमा पु¥याउने काममा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आपसी दूरी र ग्याप कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले विभिन्न पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, वडा अध्यक्ष तथा अन्य प्रतिनिधिको सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको बताए। उनले कार्यक्रममार्फत विभिन्न पालिकामा भइरहेका असल अभ्यास, योजना तथा प्रगति आदान–प्रदान गर्ने अवसर प्राप्त भएको उल्लेख गरे।
टोल विकास संस्थालाई स्थानीय आवश्यकता पहिचान, योजना छनोट तथा तर्जुमा, लक्षित वर्गको पहिचान, जनचेतना अभिवृद्धि र सामाजिक विकृति न्यूनीकरणमा सहभागी गराइएको छ। बालविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसाविरुद्ध टोलस्तरमा सचेतना फैलाउने कार्यमा समेत सहकार्य गरिएको बताइएको छ।
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले सामाजिक, आर्थिक तथा लैङ्गिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले सामाजिक समावेशीकरण तथा लैङ्गिक समानताको नीति निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
लैङ्गिक समानताका क्षेत्रमा बालविवाह, बहुविवाह, बालश्रम, महिला हिंसा, लैङ्गिक हिंसा, लागुऔषध दुव्र्यसन तथा सामाजिक कुरीति र अन्धविश्वास न्यूनीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ।
यसैगरी, विपन्न वर्गको आवतजावत सहज बनाउन धनौजी–जनकपुर यातायात सेवा तथा कृषकका लागि कृषि विद्युतीकरण र ट्रान्सफर्मरको व्यवस्था गर्ने कार्यक्रम अघि सारिएको छ। नागरिक सहायता केन्द्रलाई प्रभावकारी बनाई अशिक्षित, विपन्न तथा सेवा लिन कठिनाइ हुने नागरिकलाई सूचना, परामर्श, कागजात तथा सेवा प्राप्तिमा सहजीकरण गर्ने नीति पनि लिइएको छ।
क्षीरेश्वरनाथ नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख विणा कुमारी शर्माले नगरपालिकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्।
नागरिकका गुनासो छिटो सम्बोधन गर्न ‘हेलो क्षीरेश्वरनाथ’ कार्यक्रम सञ्चालनको तयारी गरिएको उनले जानकारी दिइन्। उक्त कार्यक्रममार्फत ह्वाट्सएप, इमेल तथा फोनबाट प्राप्त गुनासोलाई तत्काल सम्बोधन गरी सेवाग्राहीलाई जानकारी दिने व्यवस्था गरिनेछ।
त्यस्तै, ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य परीक्षण, ज्येष्ठ नागरिक सम्मान तथा छात्रवृत्ति, विपन्न तथा असहाय परिवारलाई अन्तिम संस्कार खर्च, मोतियाबिन्दुको शल्यक्रिया गरेका व्यक्तिलाई आर्थिक सहयोग तथा गर्भवती महिलालाई पोषण सहयोग उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा विभिन्न पालिकामा टोल विकास संस्था र क्लबहरूको स्वरूप तथा अभ्यास फरक–फरक भए पनि तिनलाई अझ प्रभावकारी, सक्रिय र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइयो। त्यसका लागि अनुभव आदान–प्रदान, संस्थागत क्षमता विकास, नियमित अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको सहभागीहरूले बताए।
कार्यक्रम सपोर्ट नेपाल सशक्तीकरण परियोजनाका धनुषा संयोजक शत्रुघन महतोले सञ्चालन गरेका थिए। कार्यक्रममा मधेश प्रदेशका विभिन्न पालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा शाखाका कर्मचारीहरूको सहभागिता थियो।
त्यसैगरी सपोर्ट नेपालका सल्लाहकार रोशना खड्का, सशक्तीकरण परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुर, सपोर्ट नेपालका कोषाध्यक्ष कविता थापा, कार्यक्रम व्यवस्थापक सरस्वती शेर्पा, सदस्य गंगा प्रसाद साह लगायतको पनि सहभागिता रहेको थियो।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
18 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
18 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
18 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
18 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
19 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
19 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
25 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..