महिला नेतृत्व र सामाजिक रुपान्तरण 

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा, जनकपुरधाम । महिला र पुरुष प्रकृतिको अमुल्य बरदान हुन । महिला बिना पुरुष, पुरुष विना महिला र ई दुबै बिना श्रृष्टी नै चल्दैन । महिला र पुरुष मिलेर नै समाज बनेको छ । र समाजको हरेक क्षेत्रमा दुबैको सहभागिता बराबर नै हुनुपर्दछ । तर, हाम्रो देशको काजकाज संचालनमा भने असन्तुलन छ । अर्थात राजनैतिक दलमा महिला र पुरुष बिचको खाँडल धेरै गहिरो जस्तो बनेको छ । नेपालमा सय भन्दा बढी पार्टी दर्ता भई दर्जनौ पार्टी संसदीय प्रक्रियाको होरबाजीमा लागेका छन् । तर ति सबै पार्टीको नेतृत्व भने पुरुषकै हाथमा छन् । पार्टीको प्रमुख पद बाहेकका पदमा पुगेका धेरै महिला नेतृत्वहरु क्षमताबान छन् तर उनिहरुलाई पार्टीको कमान सम्हाल्न अहिले पनि धेरै यात्रा गर्नुपर्ने अवस्था हाम्रो देशमा छन् । 

 लोकतान्त्रिक शासन प्रणालीमा महिला र पुरुषको समान सहभागिताले मात्र मुलुकलाई असल शासन तर्फ लैजान सक्छ । लैँगिकताको आधारमा राज्यको शासन प्रणालीमा महिला र पुरुषको समान सहभागिता हुनु जरुरी हुन्छ । संबैधानिक रुपमा नै महिला सहभागिता बढाउन राजनीतिक क्षेत्रमा महिला ३३ प्रतिसत सहभागिता सुनिश्चत भएको छ ।यहि कारणको अहिले प्रदेश तथा संघिय संसदमा समानुपातिक रुपमा महिलाको सहभागिता देखिएको छ । तर, प्रत्यक्ष निर्वाचन तर्फ वा विस्वास तथा लाभको पदमा भने महिला नेतृत्वले खासै स्थान नपाएको अवस्था रहेको छ ।परम्परागत विचार,आत्मविस्वासको कमी, आर्थिक रुपले पहुँचको आभाव, सामाजिक र राजनीतिक रुपमा समर्थनमा कमी हुनुको कारणले महिलाको राजनीतिमा सहभागितामा कमी देखिएको छ । राजनीतिमा महिला सहभागिता सुनिस्चित भयो भने न्यायपुर्ण समाजको निर्माण हुन्छ । किनकी उनिहरुको हकहित अधिकारका बारेमा उनिहरु आफैले आवाज उठाउन सक्छन् । जसको सवाल उसकै सहभागिता सुनिस्चित हुन्छ, नीति नियम र बनाउने ठाउँमा महिलाको समान पहुँच हुन्छ र निर्णय गर्न पनि सक्छ ।जसले देश समाज प्रजातान्त्रिक र लैँगिक मैत्री बन्न सक्छ । यसले महिलाहरुमा स्वाभीमानता महसुश हुन्छ । विश्वका धेरै देशहरुमा महिलाले देशको सर्बोच्च पदमा रहेर सिँगो मुलुक नै संचालन गरिरहेको अवस्था छ । नेपालको परिवेशमो महिला राष्ट्रपति भएपनि निर्णय गर्ने अधिकार भने प्रधानमन्त्रीमा रहेको अवस्थामा अहिले सम्म प्रधानमन्त्री भने महिला बन्न सक्ने अवस्था छैनन् । राजनीतिमा सर्वोच्चता बाहेकका अन्य व्यवसायीक, क्षेत्रमा भने महिलाको अवस्थामा सुधार आईरहे छन् । मुलुकलाई संचालन गर्न चाहिने चार वटा अंगहरु मध्ये कार्यपालिका,व्यवस्थापिका, न्यायपालिका तथा पत्रकारितामा महिलाको पहूँच अहिले पनि पुग्न नसकेको अवस्थामा संघिय संरचनामा कानुनका कारण महिला नेतृत्वले स्थान पाएपनि अधिकार भने खासै नपाएको अवस्था छ । निर्वाचित महिलाको क्षमता विकासका क्षेत्रमा काम गरिरहेका माण्डवीले विगत केहि वर्ष यता, मधेश प्रदेशका जिल्लाहरु लगायत दर्जनौ जिल्लाहरुमा निर्वाचित महिला नेतृत्वलाई क्षमता अभिबृद्धि गरी उनिहरुलाई आफ्नो काम, कर्तव्य, अधिकार र नागरिक प्रतिको जिम्मेबारीका बारेमा प्रशिक्षित गरेको अवस्थामा यसले ति निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासमा टेवा पुगेको छ ।

 महिला र पुरुष एउटै चराका दुई पखेटा हुन भने जस्तै जुनसुकै ठाउँमा पनि समान सहभागिता हुनु जरुरी हुन्छ त्यसमा पनि राजनीतिक रुपमा भने अपरिहार्य नै हो । राजनीतिमा महिला पछाडी पर्नुको अर्थ हरेक क्षेत्रमा पछाडी पर्नु हो । कानुनको दृष्टिमा सबै नागरिक समान भएपनि समाजको दृष्टिमा अहिले पनि महिलालाई दोस्रोत दर्जाको नागरिकको रुपमा हेरिन्छ । महिलालाई राजनीतिक लगायतका हरेक क्षेत्रमा पुर्ण रुपमा अधिकार सम्पन्न बनाउन र राजनीतिमा सकृय तथा समान सहभागिताका लागि सुधारात्मक कार्य गर्दै सामाजिक संरचनामा आमुल परिवर्तन ल्याउनु आजको अनिवार्य र अपरिहार्य आवश्यक्ता छ । यसका लागि पितृसतात्मक चिंतनबाट माथि उठेर महिला मैत्री मनोविज्ञानको निर्माण गर्नु आवश्यक्ता रहेको छ । सामाजिक रितिरिवाज,धर्म संस्कार, प्रथा, परम्पराको नाउँमा महिला विरुद्ध निर्माण गरिएका सबैखाले कुप्रथाको अन्त्य गरिनु पर्छ । अहिले संबिधानको कारण स्थानीय तह देखि संघ सम्म महिलाको उपस्थिती संख्यात्मक रुपमा देखिएपनि यसलाई सार्थक र अर्थपुर्ण बनाउन नेतृत्व वर्गले महिलालाई अवसर दिनुपर्छ । संबिधानको कर्मलाई देखाउन मात्र कोटाका रुपमा समानुपातिक तर्फ नभई सबै पार्टीले प्रत्यक्ष तर्फ पनि महिलालाई चुनावमा टिकट दिए महिलाको नेतृत्व विकास हुन्छ र स्थानीय तहमा पनि मात्र उपप्रमुखमा सिमित नभई प्रमुखमा तथा वटा स्तरमा मात्र सदस्यमा नभई महिलालाई वडाध्यक्षको लागि समेत नेतृत्व दिनुपर्ने आवश्यक्ता रहेको छ । संख्यात्मक रुपमा थोरै भएपनि जहाँ महिला वडाध्यक्ष वा प्रमुख छन् त्यहाँ विकासको काम देखि अन्य सबै किसिमका काममा अनियमितता कम भई विश्वसनियता बढेको कयौ उदाहरण हाम्रो समाजमा छन् । घर देखि संघीय संसद सम्म महिला नेतृत्वलाई स्विकार गर्दै उनिहरुको कामलाई सराहना गरियो भने हाम्रो समाज रुपान्तरणको मागमा कोशेढुङगा सावित हुने छ ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

15 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

15 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

23 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

15 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

27 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..