महिला नेतृत्व र सामाजिक रुपान्तरण 

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा, जनकपुरधाम । महिला र पुरुष प्रकृतिको अमुल्य बरदान हुन । महिला बिना पुरुष, पुरुष विना महिला र ई दुबै बिना श्रृष्टी नै चल्दैन । महिला र पुरुष मिलेर नै समाज बनेको छ । र समाजको हरेक क्षेत्रमा दुबैको सहभागिता बराबर नै हुनुपर्दछ । तर, हाम्रो देशको काजकाज संचालनमा भने असन्तुलन छ । अर्थात राजनैतिक दलमा महिला र पुरुष बिचको खाँडल धेरै गहिरो जस्तो बनेको छ । नेपालमा सय भन्दा बढी पार्टी दर्ता भई दर्जनौ पार्टी संसदीय प्रक्रियाको होरबाजीमा लागेका छन् । तर ति सबै पार्टीको नेतृत्व भने पुरुषकै हाथमा छन् । पार्टीको प्रमुख पद बाहेकका पदमा पुगेका धेरै महिला नेतृत्वहरु क्षमताबान छन् तर उनिहरुलाई पार्टीको कमान सम्हाल्न अहिले पनि धेरै यात्रा गर्नुपर्ने अवस्था हाम्रो देशमा छन् । 

 लोकतान्त्रिक शासन प्रणालीमा महिला र पुरुषको समान सहभागिताले मात्र मुलुकलाई असल शासन तर्फ लैजान सक्छ । लैँगिकताको आधारमा राज्यको शासन प्रणालीमा महिला र पुरुषको समान सहभागिता हुनु जरुरी हुन्छ । संबैधानिक रुपमा नै महिला सहभागिता बढाउन राजनीतिक क्षेत्रमा महिला ३३ प्रतिसत सहभागिता सुनिश्चत भएको छ ।यहि कारणको अहिले प्रदेश तथा संघिय संसदमा समानुपातिक रुपमा महिलाको सहभागिता देखिएको छ । तर, प्रत्यक्ष निर्वाचन तर्फ वा विस्वास तथा लाभको पदमा भने महिला नेतृत्वले खासै स्थान नपाएको अवस्था रहेको छ ।परम्परागत विचार,आत्मविस्वासको कमी, आर्थिक रुपले पहुँचको आभाव, सामाजिक र राजनीतिक रुपमा समर्थनमा कमी हुनुको कारणले महिलाको राजनीतिमा सहभागितामा कमी देखिएको छ । राजनीतिमा महिला सहभागिता सुनिस्चित भयो भने न्यायपुर्ण समाजको निर्माण हुन्छ । किनकी उनिहरुको हकहित अधिकारका बारेमा उनिहरु आफैले आवाज उठाउन सक्छन् । जसको सवाल उसकै सहभागिता सुनिस्चित हुन्छ, नीति नियम र बनाउने ठाउँमा महिलाको समान पहुँच हुन्छ र निर्णय गर्न पनि सक्छ ।जसले देश समाज प्रजातान्त्रिक र लैँगिक मैत्री बन्न सक्छ । यसले महिलाहरुमा स्वाभीमानता महसुश हुन्छ । विश्वका धेरै देशहरुमा महिलाले देशको सर्बोच्च पदमा रहेर सिँगो मुलुक नै संचालन गरिरहेको अवस्था छ । नेपालको परिवेशमो महिला राष्ट्रपति भएपनि निर्णय गर्ने अधिकार भने प्रधानमन्त्रीमा रहेको अवस्थामा अहिले सम्म प्रधानमन्त्री भने महिला बन्न सक्ने अवस्था छैनन् । राजनीतिमा सर्वोच्चता बाहेकका अन्य व्यवसायीक, क्षेत्रमा भने महिलाको अवस्थामा सुधार आईरहे छन् । मुलुकलाई संचालन गर्न चाहिने चार वटा अंगहरु मध्ये कार्यपालिका,व्यवस्थापिका, न्यायपालिका तथा पत्रकारितामा महिलाको पहूँच अहिले पनि पुग्न नसकेको अवस्थामा संघिय संरचनामा कानुनका कारण महिला नेतृत्वले स्थान पाएपनि अधिकार भने खासै नपाएको अवस्था छ । निर्वाचित महिलाको क्षमता विकासका क्षेत्रमा काम गरिरहेका माण्डवीले विगत केहि वर्ष यता, मधेश प्रदेशका जिल्लाहरु लगायत दर्जनौ जिल्लाहरुमा निर्वाचित महिला नेतृत्वलाई क्षमता अभिबृद्धि गरी उनिहरुलाई आफ्नो काम, कर्तव्य, अधिकार र नागरिक प्रतिको जिम्मेबारीका बारेमा प्रशिक्षित गरेको अवस्थामा यसले ति निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासमा टेवा पुगेको छ ।

 महिला र पुरुष एउटै चराका दुई पखेटा हुन भने जस्तै जुनसुकै ठाउँमा पनि समान सहभागिता हुनु जरुरी हुन्छ त्यसमा पनि राजनीतिक रुपमा भने अपरिहार्य नै हो । राजनीतिमा महिला पछाडी पर्नुको अर्थ हरेक क्षेत्रमा पछाडी पर्नु हो । कानुनको दृष्टिमा सबै नागरिक समान भएपनि समाजको दृष्टिमा अहिले पनि महिलालाई दोस्रोत दर्जाको नागरिकको रुपमा हेरिन्छ । महिलालाई राजनीतिक लगायतका हरेक क्षेत्रमा पुर्ण रुपमा अधिकार सम्पन्न बनाउन र राजनीतिमा सकृय तथा समान सहभागिताका लागि सुधारात्मक कार्य गर्दै सामाजिक संरचनामा आमुल परिवर्तन ल्याउनु आजको अनिवार्य र अपरिहार्य आवश्यक्ता छ । यसका लागि पितृसतात्मक चिंतनबाट माथि उठेर महिला मैत्री मनोविज्ञानको निर्माण गर्नु आवश्यक्ता रहेको छ । सामाजिक रितिरिवाज,धर्म संस्कार, प्रथा, परम्पराको नाउँमा महिला विरुद्ध निर्माण गरिएका सबैखाले कुप्रथाको अन्त्य गरिनु पर्छ । अहिले संबिधानको कारण स्थानीय तह देखि संघ सम्म महिलाको उपस्थिती संख्यात्मक रुपमा देखिएपनि यसलाई सार्थक र अर्थपुर्ण बनाउन नेतृत्व वर्गले महिलालाई अवसर दिनुपर्छ । संबिधानको कर्मलाई देखाउन मात्र कोटाका रुपमा समानुपातिक तर्फ नभई सबै पार्टीले प्रत्यक्ष तर्फ पनि महिलालाई चुनावमा टिकट दिए महिलाको नेतृत्व विकास हुन्छ र स्थानीय तहमा पनि मात्र उपप्रमुखमा सिमित नभई प्रमुखमा तथा वटा स्तरमा मात्र सदस्यमा नभई महिलालाई वडाध्यक्षको लागि समेत नेतृत्व दिनुपर्ने आवश्यक्ता रहेको छ । संख्यात्मक रुपमा थोरै भएपनि जहाँ महिला वडाध्यक्ष वा प्रमुख छन् त्यहाँ विकासको काम देखि अन्य सबै किसिमका काममा अनियमितता कम भई विश्वसनियता बढेको कयौ उदाहरण हाम्रो समाजमा छन् । घर देखि संघीय संसद सम्म महिला नेतृत्वलाई स्विकार गर्दै उनिहरुको कामलाई सराहना गरियो भने हाम्रो समाज रुपान्तरणको मागमा कोशेढुङगा सावित हुने छ ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

23 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

23 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

1 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

17 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

20 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

21 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

27 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..