विदेशबाट धान–चामल नआए भोकै बस्नुपर्ने बाध्यता राज्यकै गलत नीतिका कारण : नेता सिंह

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बारा । नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा समाजसेवी कृष्णब्रत सिंहले राज्यको गलत नीतिका कारण आज वार्षिक ५० अर्ब रुपैयाँको खाद्यान्न किन्नुपर्ने बाध्यता आएको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा सामाजिक अभियन्ता सिंहले विदेशबाट खाद्यान्न नआए नेपाली जनता भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।४ दशक अघिसम्म छिमेकी मुलुक भारत र बंगलादेशमा नेपालको धान, चामल, दाल निर्यात गर्ने हुने गरेकोमा पछिल्लो समय बर्सेनि ५० अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात हुँदै आएको उनको भनाइ छ ।‘खाद्यान्नमा आत्मनिर्भर हुने हो भने खेतीपाती छोडेर बसेका किसानहरुलाई पुनः कसरी कृषिमा आवद्ध गराउने, टुक्रा–टुक्रा भएका जग्गाहरुलाई कृषि फर्म दर्ता गरेर पुनः खेती गर्न किसानलाई प्रोत्साहन गर्न सकिन्छ,’ सिंहले भने ।

पछिल्लो समय गाउँघरमा युवा र मजदुरलाई विदेश जान रोक्न कृषिलाई औद्योगिकीकरण गरेर अरु उद्योगसरह कृषि उद्योगलाई पनि चलाएर उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रका बाराका अध्यक्ष सिंहले मधेस केन्द्रित राजनीतिले किसानलाई असर पारेको बताए । ‘दलहरुको मधेस केन्द्रित राजनीतिले किसान र मजदुरबीच विभेद पैदा गरेर गलत राजनीतिक स्वार्थ पूरा गर्ने काम भएको देखिन्छ,’ उनले भने ।

किसानलाई कमजोर बनाउँदा राजनीति आफनो हातमा आउँछ भन्ने उद्देश्यले पनि दलहरुले कृषिलाई कमजोर बनाएको उनको भनाइ छ ।  २०१५ सालसम्म राजनीति, खेतीपाती, व्यापार व्यवसायमा छुट्टाछुट्टै व्यक्तिहरु आवद्ध थिए तर केही वर्षदेखि एकै व्यक्ति सबै क्षेत्रमा जोडिएका छन् । ‘कुनै बेला मधेसका ९० प्रतिशत किसान कृषिमा आश्रित थिए, अहिले विस्तारै खेती गर्न छोड्दै गएका छन् । राज्यले समयमै त्यसको विकास गर्न सकेन, जसका कारण किसानहरु विस्तारै गरिव हुँदै गए,’ सिंहले भने, ‘राज्यले बेलैमा कृषिलाई औद्योगिकीकरण नगर्दा आज लाखौँ युवा र मजदुरहरु रोजगारीका लागि खाडी मुलुक पलायन भएका छन् ।’तराईका कृषियोग्य जमिनलाई समयमै वर्गीकरण गरेर बसोबास क्षेत्र, कृषि भूमि, औद्योगिक क्षेत्र भनी छुट्याउन नसक्दा पनि यो समस्या आएको सिंहको भनाइ छ  ।

‘किसानहरुसँग बढी भएको जग्गालाई फर्म दर्ता गरेर कृषि औद्योगिकीकरण गरेको भए आज किसान पनि गरिब हुने थिएनन्, युवा र मजदुर विदेश जानुपर्ने आवश्यकता हुँदैनथ्यो,’ साविकको फत्तेपुर जीतपुर गाविसका अध्यक्षसमेत रहेका उनले भने, ‘आफ्नै देशमा रोजगारी पाउँथे, कृषि विश्वविद्यालयहरुबाट उत्पादन भएका विज्ञहरु आफ्नै देशमा प्रयोग हुन्थे, अहिले हामी खाद्यान्न निर्यात गरिरहेका हुन्थ्यौँ ।’पछिल्लो समय छिमेकी मुलुक भारतले धान, चामल निर्यातमा प्रतिवन्ध लगाएपछि मुलुकभित्र चामलको मूल्य आकाशिएको छ । राज्यले विगतमा गरेका गल्तीहरुलाई समीक्षा गरी निकास निकाल्नुपर्ने सिंहको भनाइ छ । साभार : रातोपाटी

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

17 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

21 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

21 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले