बैंकहरुबीच निक्षेप खोस्ने प्रतिस्पर्धा, भदौका लागि अधिकांशले बढाए ब्याजदर

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् । कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत, र १०/१० प्रतिशत तोकेका छन् । 

बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए । प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । साभार : रातोपाटी

12 comments
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

2 दिन पहिले

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

2 दिन पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

6 दिन पहिले

युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न

जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..

9 दिन पहिले

श्रीराम मेमोरियल स्कुलमा पुरस्कार वितरण समारोह समपन्न

जनकपुरधाम १२ गते पुस ।जनकपुरधामको पुल चोकमा रहेको श्रीराम मेमोरियल ई.बो.स्कुलमा भएको विभिन्न प्रकारका अतिरिक्त ..

9 दिन पहिले

बालबालिकाको हेरचाहमा वुवाको भुमिका विषयक अन्तरक्रिया स..

जनकपुरधाम १२ गते पुस । वालवालिकाहरुको प्रारम्भिक विकासका क्रममा उनिहरुको हेरचाहमा आमाका संगै बुवाको पनि भुमिका..

9 दिन पहिले

प्रशासनलाई लाखौँको विपद् व्यवस्थापनका सामग्री हस्ताना..

जनकपुरधाम १२ गते पुस । धनुषा जिल्लामा विपद्का कारण हुने क्षतिबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालयलाई शुक्रब..

9 दिन पहिले

स्रोत बिनाको २० लाख रुपैयाँ नियन्त्रणमा

जनकपुरधाम पुस ८ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोहतरी जिललाको मटिहानीले तीन महिनाको अवधिमा स्रोत नखुलाउन ..

13 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

3 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

3 महीना पहिले

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाक..

२५ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक..

4 महीना पहिले

भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने

जनकपुरधाम भदौँ १४ गते । भ्रष्टाचार निवारण सम्बन्धि नयाँ कानुनमा भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने भएको..

4 महीना पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..