स्वास्थ्य मापदण्ड अपनाउनु जरूरी : स्वास्थ्य मन्त्री सिंह
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम , असोज २४ गते । मधेश-प्रदेशलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउन स्वास्थ मापदण्ड अपनाउन जरूरी रहेकाे एक कार्यक्रममा प्रमुख अतिथिकाे आसनवाट बाेल्दै मधेश प्रदेका स्वास्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले बताए ।
जनकपुरधाममा आयाेजित एक कार्यक्रममा नेपाली आप्रवासीहरुमा मृगौला रोग सम्बन्धी समस्या देखिएकाे अनुसन्धानकर्ताहरूले गरेकाे अध्ययन सराहनिय रहेकाे बताउंदै मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउन एक ढिक्का भई अगाडी बढ्न आग्रह गर्नु भयाे । स्वास्थ्य क्षेत्रमा सेवा गर्ने वतावरण नभएका कारण मधेश प्रदेशमा स्वास्थ्य अवस्था जिर्ण रहेकाे जनाउंदै विदेश जाने वेलामा मेडिकल सर्टिफिकेट पेश गर्नमा समेत अनियमितता भएकाले अनिवार्य रूपमा चेक जाँच गरि राेगकाे अवस्था बारे परिक्षण गरे मात्रै मृगाैला राेगि पता लाग्ने बताए ।
त्यस्तै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चंदन सिंहले मृगाैला राेग गंभिर समस्या भएकाेले निदानका लागि श्रम नीति बनाउन आवश्यक हुंदा नितिगग रूपमा यसकाे पहल हुनु जरूरी रहेकाे बताए। उहाले नेपाली आप्रवासी कामदारहरूमा बढ्दो समस्याका बारेमा समुदाय स्तरमा पहिलाे पटक वैज्ञानिक अनुसन्धान भएकाे अध्ययन महत्वपूर्ण रहेकाे बताए ।
अनुसन्धानकर्ता डा. निर्मल अर्यालका अनुसार मृगाैला राेगकाे जाेखिम चाहि वैदेशिक राेजगारमा रहेका कामदारहरू मध्ये सवै भन्दा जाेखिममा सुरक्षा गार्ड रहेकाे छ । उहांले लगभग ५.८ प्रतिशत मृगाैला राेगि जाेखिम रहेकाे पता लागेका छन् । यता महिलामा मृगाैला राेगकाे समस्या बढि मात्रामा देखिएकाेले यस सम्बन्धी जनचेतना जगाउन सवैले मिलेर सहयाेग गर्न आग्रह समेत गरे ।
वेलायतस्थित वर्नमथ विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थाहरुसित समन्वयगरि धनुषा जिल्लाको लक्ष्मीनिया गाउंपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडीका मुलुक र मलेशियामा कार्यरत नेपालीहरुमा मृगौलाको जाेखिम बढी हुनसक्ने अनुमान गरिएकाे छ ।
अध्ययनले विगत एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन र मलेशियामा काम गरी नेपाल फर्किएका नेपालि कामदारहरूमा मृगाैला राेगकाे समस्या बढि देखिएकाे छ । अध्ययन नतिजा- २०२३ अनुसार मृगौलाको अवस्था जनाउने सबैभन्दा महत्त्वपूर्ण परीक्षण मानिने ग्लोमेरुलर फिल्ट्रेसन रेटको क्षमतामा कमी ५.८ प्रतिशत आप्रवासी र ३.६ प्रतिशत गैरआप्रवासीहरुमा देखिएको छ । अध्ययन अनुसार गैरअप्रवासीहरुमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाहरुभन्दा पूर्वआप्रवासीहरुमा पनि वढी समस्या देखिएकाे अनुसन्धान वाट पता लागेकाे छ । यो परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी त्यसमा उमेर र लिङ्गलाई समायोजन गरी मृगौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ र मृगौलाको कार्य क्षमतावारे समेत पता लगाईएकाे छ । रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आप्रवासीमा बढी देखिएको अध्ययनले जनईएकाे छ । खासगरी गैर आप्रवासी महिलाहरूमा यो समस्या बढी देखिएकोले यसको कारकतत्व खोज्न बेग्लै अध्ययन गर्नुपर्ने पनि वक्ताहरूले स्पष्ट पारेका छन् ।
समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीहरु बीच गरिएको यस पहिलो अध्ययनले खाडी मुलुक र मलेशियाबाट फर्किएका नेपाली आप्रवासीहरुमा स्थानीय गैरअप्रवासीहरुको तुलनामा उच्चरक्तचाप , मधुमेह र बढीतील वा मोटोपन जोखिम निकै बढी रहेको प्रमुख अनसन्धानकर्ता डा. प्रमाेदराज रेग्मीले वताए ।
अनुसन्धानकर्ता प्रा डा. एडविनका मृगाैला राेगकाे समस्या चुनाैतिकाे रूपमा रहेकाेले नेपाली दूतावासले आप्रवासीहरूका हकहितका लागि खुलेर काम गर्न आवश्यकता रहेकाे बताए ।
यस अध्ययनले खाडीमुलुक र मलेशियामा कार्यरत नेपालीहरुको कार्य अवस्था सम्बन्धी जानकारी पनि लिएको छ । अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेशियामा कार्यरत थिए भने दुईतिहाईभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत रहेका थिए। सहभागी आप्रवासीहरुले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको र ३०९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा लिने नगरेको बताए । यस्तै २५.८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले ४५.५ प्रतिशत। गर्मीमा काम गर्नुपरेको बताएका थिए । करिव ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउंमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताए । अध्ययन नतिजामा विदेशमा लामो समय काम गरेका र विशेषतः सवारीचालकहरुमा मृगौला रोगको समस्या पनि बढी देखिएको छ । यस्तै बाहिर काम गर्ने, गर्मीमा काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरुमा पनि मृगौला रोगको जोखिम बढी देखिएको छ ।

यस अध्ययनले खाडीमुलुक र मलेशियामा कार्यरत नेपाली आप्रवासीहरुमा मृगौला रोगको अवस्थाको बारेमा प्रारम्भिक वैज्ञानिक तथ्यांक दिएपनि पटक पटक सहभागीहरुको तथ्यांक लिएर लामो समयसम्म गरिने अध्ययनले अझ विस्तृत र कारकतत्वहरूको वैज्ञानिक पहिचान गर्न थप सहयोग पुग्नेछ । आप्रवासीहरुमा उच्चरक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकोले ती देशहरुमै यससम्बन्धी संचेतना जगाउन आवश्यक देखिएको छ ।
नेपाली दूतावास र आप्रवासीहरुको हकहितको लागि काम गर्ने संघसंस्थाहरुले यसमा पहल गर्न आवश्यक देखिएको छ । बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपालले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश प्रदेश जनकपुर, संयुक्तराष्ट्र संघ अन्तर्राष्ट्रिय आप्रवासी संगठन र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (यूसिएल ले प्राविधिक र वैज्ञानिक सहयोग पुयाएको थियो ।
अन्वेषणकर्ताहरूमा डा निर्मल अर्याल, प्रा डा एडविन भान , प्रा डा अरुण सेठाई , डा राधेश्याम कृष्णा, डा श्रवणकुमार मिश्रा लगायतका रहेका छन् ।
त्यस्तै वक्ता डां अंकुर साहले अनुसन्धा प्रभावकारी भएकाे साथै समय-समयमा भई राख्नु आवश्यक्ता रहेकाे जनाउंदै सवलाई धन्यवाद ज्ञापन गरे ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
30 मिनट पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
30 मिनट पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
6 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
7 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..