स्वास्थ्य मापदण्ड अपनाउनु जरूरी : स्वास्थ्य मन्त्री सिंह

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , असोज  २४ गते । मधेश-प्रदेशलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउन स्वास्थ मापदण्ड अपनाउन जरूरी रहेकाे एक कार्यक्रममा प्रमुख अतिथिकाे आसनवाट बाेल्दै मधेश प्रदेका स्वास्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले बताए । 

जनकपुरधाममा आयाेजित एक कार्यक्रममा नेपाली आप्रवासीहरुमा मृगौला रोग सम्बन्धी समस्या देखिएकाे अनुसन्धानकर्ताहरूले गरेकाे अध्ययन सराहनिय रहेकाे बताउंदै मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउन एक ढिक्का भई अगाडी बढ्न आग्रह गर्नु भयाे । स्वास्थ्य क्षेत्रमा सेवा गर्ने वतावरण नभएका कारण मधेश प्रदेशमा स्वास्थ्य अवस्था जिर्ण रहेकाे जनाउंदै विदेश जाने वेलामा मेडिकल सर्टिफिकेट पेश गर्नमा समेत अनियमितता भएकाले अनिवार्य रूपमा चेक जाँच गरि राेगकाे अवस्था बारे परिक्षण गरे मात्रै मृगाैला राेगि पता लाग्ने बताए । 

त्यस्तै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चंदन सिंहले मृगाैला राेग गंभिर समस्या भएकाेले निदानका लागि श्रम नीति बनाउन आवश्यक हुंदा नितिगग रूपमा यसकाे पहल हुनु जरूरी रहेकाे बताए। उहाले नेपाली आप्रवासी कामदारहरूमा बढ्दो समस्याका बारेमा समुदाय स्तरमा पहिलाे पटक वैज्ञानिक अनुसन्धान भएकाे अध्ययन महत्वपूर्ण रहेकाे बताए । 

अनुसन्धानकर्ता डा. निर्मल अर्यालका अनुसार मृगाैला राेगकाे जाेखिम चाहि वैदेशिक राेजगारमा रहेका कामदारहरू मध्ये सवै भन्दा जाेखिममा सुरक्षा गार्ड रहेकाे छ । उहांले लगभग ५.८ प्रतिशत मृगाैला राेगि जाेखिम रहेकाे पता लागेका छन् । यता महिलामा मृगाैला राेगकाे समस्या बढि मात्रामा देखिएकाेले यस सम्बन्धी जनचेतना जगाउन सवैले मिलेर सहयाेग गर्न आग्रह समेत गरे ।  

वेलायतस्थित वर्नमथ विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थाहरुसित समन्वयगरि धनुषा जिल्लाको लक्ष्मीनिया गाउंपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडीका मुलुक र मलेशियामा कार्यरत नेपालीहरुमा मृगौलाको जाेखिम बढी हुनसक्ने अनुमान गरिएकाे छ । 

अध्ययनले विगत एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन र मलेशियामा काम गरी नेपाल फर्किएका नेपालि कामदारहरूमा मृगाैला राेगकाे समस्या बढि देखिएकाे छ । अध्ययन नतिजा- २०२३ अनुसार मृगौलाको अवस्था जनाउने सबैभन्दा महत्त्वपूर्ण परीक्षण मानिने ग्लोमेरुलर फिल्ट्रेसन रेटको क्षमतामा कमी ५.८ प्रतिशत आप्रवासी र ३.६ प्रतिशत गैरआप्रवासीहरुमा देखिएको छ । अध्ययन अनुसार गैरअप्रवासीहरुमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाहरुभन्दा पूर्वआप्रवासीहरुमा पनि वढी समस्या देखिएकाे अनुसन्धान वाट पता लागेकाे छ । यो परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी त्यसमा उमेर र लिङ्गलाई समायोजन गरी मृगौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ र मृगौलाको कार्य क्षमतावारे समेत पता लगाईएकाे छ । रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आप्रवासीमा बढी देखिएको अध्ययनले जनईएकाे छ । खासगरी गैर आप्रवासी महिलाहरूमा यो समस्या बढी देखिएकोले यसको कारकतत्व खोज्न बेग्लै अध्ययन गर्नुपर्ने पनि वक्ताहरूले स्पष्ट पारेका छन् । 

समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीहरु बीच गरिएको यस पहिलो अध्ययनले खाडी मुलुक र मलेशियाबाट फर्किएका नेपाली आप्रवासीहरुमा स्थानीय गैरअप्रवासीहरुको तुलनामा उच्चरक्तचाप , मधुमेह र बढीतील वा मोटोपन जोखिम निकै बढी रहेको प्रमुख अनसन्धानकर्ता डा. प्रमाेदराज रेग्मीले वताए ।  

अनुसन्धानकर्ता प्रा डा. एडविनका मृगाैला राेगकाे समस्या चुनाैतिकाे रूपमा रहेकाेले नेपाली दूतावासले आप्रवासीहरूका हकहितका लागि खुलेर काम गर्न आवश्यकता रहेकाे बताए । 

यस अध्ययनले खाडीमुलुक र मलेशियामा कार्यरत नेपालीहरुको कार्य अवस्था सम्बन्धी जानकारी पनि लिएको छ । अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेशियामा कार्यरत थिए भने दुईतिहाईभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत रहेका थिए। सहभागी आप्रवासीहरुले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको र ३०९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा लिने नगरेको बताए । यस्तै २५.८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले ४५.५ प्रतिशत। गर्मीमा काम गर्नुपरेको बताएका थिए । करिव ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउंमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताए । अध्ययन नतिजामा विदेशमा लामो समय काम गरेका र विशेषतः सवारीचालकहरुमा मृगौला रोगको समस्या पनि बढी देखिएको छ । यस्तै बाहिर काम गर्ने, गर्मीमा काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरुमा पनि मृगौला रोगको जोखिम बढी देखिएको छ ।

यस अध्ययनले खाडीमुलुक र मलेशियामा कार्यरत नेपाली आप्रवासीहरुमा मृगौला रोगको अवस्थाको बारेमा प्रारम्भिक वैज्ञानिक तथ्यांक दिएपनि पटक पटक सहभागीहरुको तथ्यांक लिएर लामो समयसम्म गरिने अध्ययनले अझ विस्तृत र कारकतत्वहरूको वैज्ञानिक पहिचान गर्न थप सहयोग पुग्नेछ । आप्रवासीहरुमा उच्चरक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकोले ती देशहरुमै यससम्बन्धी संचेतना जगाउन आवश्यक देखिएको छ । 

नेपाली दूतावास र आप्रवासीहरुको हकहितको लागि काम गर्ने संघसंस्थाहरुले यसमा पहल गर्न आवश्यक देखिएको छ । बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपालले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश प्रदेश जनकपुर, संयुक्तराष्ट्र संघ अन्तर्राष्ट्रिय आप्रवासी संगठन र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (यूसिएल ले प्राविधिक र वैज्ञानिक सहयोग पुयाएको थियो ।

अन्वेषणकर्ताहरूमा डा निर्मल अर्याल, प्रा डा एडविन भान , प्रा डा अरुण सेठाई , डा राधेश्याम कृष्णा, डा श्रवणकुमार मिश्रा लगायतका रहेका छन् ।

त्यस्तै वक्ता डां अंकुर साहले अनुसन्धा प्रभावकारी भएकाे साथै समय-समयमा भई राख्नु आवश्यक्ता रहेकाे जनाउंदै सवलाई धन्यवाद ज्ञापन गरे ।

 

12 comments
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

7 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

7 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

11 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

13 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

14 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

11 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..