तामाकोशी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम संचालन गरि सम्पन्न ।

4 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
मंसिर २४, तामाकोशी ।
 हिंसा कहिल्यै नगर्ने, हिंसा कहिल्यै नसहने, हिंसाको प्रतिवाद गर्ने भन्ने मूल नारा सहित ३० औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध दिवश २०२१ (२०७८) अन्तराष्ट्रिय नारा Orange the world: End Violence Against Women Now र राष्ट्रिय नारा ः “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्दै घरेलु हिंसा अन्त्यकालागि “घर र समाजको ऐक्यवद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता” भनि तामाकोशी गाउँपालिकामा विभिन्न कार्यक्रम संचालान गरि सम्पन्न गरिएको छ ।
आज अन्तिम दिन लैङ्गिक हिंसा सम्वन्धी लोकगीत प्रतियोगीताको आयोजना गरि सम्पन्न गरिएको हो । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक वडाका प्रतिस्पर्दी मध्ये प्रथम हुने समुहको विचमा प्रतियोगीता संचालन गरिएको थियो ।  पालिका भित्रका ७ वडाका ७ समुह प्रतियोगीतामा सहभागिता जनाएका थिए । जस्मा सितापाईला मावि प्रथम, कालिदेवी ताजा तरकारी समूह द्धितिय, कालिका देवी समूह तृतिय र पिपलडाँडा आमा समूह सान्तोना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने सहभागीलाई नगद सहित प्रमाण पत्र पालिका उपाध्यक्ष उर्मिला खड्का के.सी र प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रतियोगीतामा अन्य सहभागिलाई पनि प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
तामाकोशी गाउँपालिकामा मंसिर १७ गते वडा नं.४ र ५ मा, १८ गते वडा नं १, २ र ३ मा र १९ गते वडा नम्बर ६ र ७ मा एक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला खड्का (के.सी.) र सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्यहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा १६ दिने अभियानको शुरुवात किन, कसरी, कहाँबाट भयो ? लैंगिक तथा घरेलु हिंसाका घटनाहरु बढ्नुका कारण, त्यसले घर परिवार, समुदाय, र राष्ट्रको दीगो विकासमा पार्ने नकारात्मक असर के कस्ता छन् भन्ने बारेमा छलफल गर्नुका साथै हिंसा अन्त्यका उपायहरु, सावधानी, कानुनी प्रावधान, दण्ड सजाँयको बारेमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा जानुका न्यौपाने, मेनुका सुवेदी, गायत्री आचार्य, किर्ने प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सिता राम कार्की, प्रहरी चौकी छौंडेका पहरी जवन सागर रिजालले सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला के.सी.ले १६ दिने अभियानमात्रै लैंगिक तथा घरेलु हिंसा अन्त्यका लागि पर्याप्त नभएपनि यो एउटा अभियान हो निरन्तर यसलाई हरेक निकाय, व्यक्तिले व्यवहारमा लागू गर्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । र वडास्तरको अभिमुखीकरण कार्यक्रम र वडास्तरीय लोकगीत प्रतियोगिता सम्पन्न गरिएको थियो ।

12 comments
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

4 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

4 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

4 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

10 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

10 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

10 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

11 दिन पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

27 दिन पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

30 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

2 महीना पहिले

भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..

जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..

5 महीना पहिले

संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..

5 महीना पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..