बिहारमा सत्ताको खेल, भाजपाको समर्थनमा फेरि मुख्यमन्त्री बन्दै नीतीश
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ ,माघ,१४ गते । भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । नीतीश कुमारले पुन: वर्तमान गठबन्धन तोडेर भारतीय जनता पार्टी(भाजपा) को कित्तामा जाने तयारी गरेका छन् ।
करिब डेढ वर्ष राष्ट्रिय जनता दल(राजद) र भारतीय राष्ट्रिय कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका नीतीश कुमारले फेरि भाजपासँग गठबन्धन गर्ने पक्कापक्कीजस्तै भएको छ । योसँगै नीतीश कुमार नवौंपल्ट बिहारको मुख्यमन्त्री बन्नेछन् । आइतबार नै पटनास्थित नयाँ सरकारका रूपमा नीतीश कुमारले शपथ ग्रहण गर्ने तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी कहिले नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए) त कहिले महागठबन्धनको पल्लामा जाने गरेका छन् ।
बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । त्यस्तै भाजपा ७८ दलसहित भाजपा दोस्रो ठूलो दल हो भने नीतीश कुमारको जनता दल युनाइटेड(जदयू) ४५ सिटसहित तेस्रो स्थानमा रहेको छ । २४३ सदस्यीय बिहार विधानसभामा भारतीय राष्ट्रिय कांग्रेस १९, सीपीआई एमएल १२, सीपीआई २, सीपीआई एम २ र हिन्दुस्तानी अवाम मोर्चाका ४ सांसद रहेका छन् । २४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ ।
नीतीश सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर रहेका छन् । सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए । छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने । रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा 'चामत्कारिक सुधार' गरेका थिए । सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए ।
मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले काम गर्ने वातावरण सिर्जना गरे र कैयौं गाउँलाई झलमल्ल पारे । नयाँ सडकहरू बनाए, महिला साक्षरतामा उल्लेख्य सुधार गरे । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाइदिए ।तर ‘सत्ताको चास्नीमा डुबिरहन’ चाल्ने पटकपटकको कित्ता परिवर्तन गर्ने कदमले पछिल्लो समय नीतीशको छवि भने धूमिल हुँदै गएको छ । अझ भनौं, राजनीतिको पूर्वार्द्धमा ‘सुशासन बाबु’ को उपनामले चर्चित नीतीश अब ‘कुर्सीको लिसो’ का रूपमा चिनिन थालेका छन् ।
यसअघि २०१५ मा जनता दल युनाइटेड (जदयू), राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि नीतीशले बीचमै गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए । त्यसपछि सन् २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए । सन् २०१७ मा ७१ सिट भएको जदयूले भाजपासँगको तालमेलमा सन् २०२० को चुनावमा ४५ सिट जितेको थियो ।
केही दिन अघिसम्म भाजपाविरुद्ध 'आगो' ओकलिरहेका नीतीश भाजपाको कित्तामा पुग्नु राजदसँगको खिचातानी मात्र नभई २०२४ को संसदीय चुनावको गणितलाई समेत हेरिएको विश्लेषकहरू बताउँछन् । नीतीश डेढ वर्षअघि मात्र राजद, भारतीय राष्ट्रिय कंग्रेस र वाम दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
कुर्सीमोहसँगै सत्ता-राजनीतिका खेलाडीका रूपमा परिचय बनाएका नीतीश भारतीय राजनीतिक इतिहासमा नवौंपल्ट मुख्यमन्त्री बनेर अर्को कीर्तिमान कायम गर्दैछन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन, तर पनि सन् २००५ यता ८ महिनाबाहेक राज्य सरकारको नेतृत्व सम्हालेका छन् ।
भारतमा सन् २०२४ मा लोकसभा र २०२५ मा बिहार विधानसभा चुनाव हुँदै छ । सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो ।
सन् २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीशसहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्ने देखिएको थियो। नीतीशले सत्तापल्टीसँगै प्रतिपक्ष अर्थात 'इन्डिया' गठबन्धनको समीकरण पनि फेरबदल हुनसक्ने सम्भावना रहेको छ । देशव्यापी रूपमा सशक्त प्रतिपक्षको सामना नगरेको भाजपाले कम्तीमा अझै एक कार्यकाल सरकार बनाउने विश्लेषकहरूको दाबी छ ।
७२ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् । सन् १९७० को दशकमा उनी समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले सन् २००३ मा जदयू गठन गरेका हुन् ।
साभार : कान्तिपुर
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
14 घन्टा पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
14 घन्टा पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
15 घन्टा पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 घन्टा पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
16 घन्टा पहिले
मैथिली साहित्य समाजक १५०औँ मासिक कविगोष्ठी सम्पन्न बैद..
जनकपुरधाम, साउन २४ । मैथिली साहित्य समाज जनकपुरधामक आयोजनामे १५०औँ मासिक कविगोष्ठीक विशेष समारोह शनिदिन जनकप..
23 घन्टा पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 घन्टा पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
3 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
4 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
9 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
11 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
14 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..