राजस्व सङ्कलन र खर्च कमजोर

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौ २ गते
सरकार चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न चुकेको छ । परम्परागत प्रणालीबाट राजस्व र खर्चमा सुधार आउन नसक्ने बताउँदै आइरहेको अवस्थामा यस वर्ष पनि राजस्व सङ्कलन र खर्चको अवस्था उस्तै छ । सरकारले चालू आर्थिक वर्षको लागि राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राखेको छ । जसअनुरूप सरकारले आफ्नो लक्ष्य पूरा गर्नका लागि मासिक एक खर्ब १८ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने हुन्छ । तर, महालेखानियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पहिलो महिना अर्थात् साउनमा ९४ अर्ब ७४ करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यको छ दशमल ६८ प्रतिशत हो ।

राजस्वअन्तर्गत कर शीर्षकमा ७७ अर्ब ४१ करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव शून्य तीन प्रतिशत हो । अर्थ मन्त्रालयले कर शीर्षकमा १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । कर शीर्षकअन्तर्गत मूल्य अभिवृद्धि कर, अन्तः शुल्क भन्सार महसुल, व्यवसाय, पारिश्रमिक, सम्पत्ति, पूर्वाधारलगायतका शीर्षकमा राजस्व सङ्कलन गरिन्छ । मन्त्रालयका अनुसार राजस्व सङ्कलनको क्रममा आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने करबापत तीन खर्ब ७९ अर्ब रुपैयाँ, एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने करबापत एक खर्ब २१ अर्ब ७९ करोड रुपैयाँ, लगानीको आय तथा अन्य आयमा लाग्ने करबापत ५५ अर्ब ६४ करोड रुपैयाँ, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत ११ अर्ब १८ करोड रुपैयाँ, सम्पत्ति करबापत २१ लाख रुपैयाँ, अचल सम्पत्तिमा लाग्ने करबापत २१ लाख रुपैयाँ र व्यक्तिगत सम्पत्तिमा लाग्ने वार्षिक करबापत २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।

कर शीर्षकअन्तर्गत वस्तु तथा सेवामा आधारित करबापत छ खर्ब ३३ अर्ब आठ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करबापत तीन खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँ, अन्तःशुल्कबापत एक खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँ, विशेष सेवामा लाग्ने करबापत चार अर्ब एक करोड रुपैयाँँ, पूर्वाधारको उपयोग, वस्तु प्रयोगको अनुमति तथा कुनै कार्य सञ्चालन गर्न अनुमति दिँदा लाग्ने करबापत ४६ अर्ब ९४ करोड रुपैयाँ, वस्तु तथा सेवामा लाग्ने अन्य करबापत १३ करोड २७ लाख रुपैयाँँ, वैदेशिक व्यापारमा आधारित करबापत दुई खर्ब ६० अर्ब ४१ करोड रुपैयाँँ, भन्सार महसुल तथा आयातमा लाग्ने करबापत दुई खर्ब ४८ अर्ब ४३ करोड रुपैयाँँ, भन्सार महसुल निर्यातमा लाग्ने करबापत ३५ करोड ९३ लाख रुपैयाँँ, वैदेशिक व्यापारमा आधारित अन्य करबापत ११ अर्ब ६२ करोड रुपैयाँँ र अन्य कर शीर्षकबापत आठ लाख रुपैयाँँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले यसरी विभिन्न शीर्षकमा करोडौँ तथा लाखौँ रकम राजस्व सङ्कलनको लक्ष्य राखिए पनि नेपालको राजस्व आयातमुखी रहेको छ । अझै पनि भन्सार विन्दुमा सङ्कलन हुने राजस्वको प्रतिशत २१ दशमलव ६६ प्रतिशत रहेको छ । आन्तरिक राजस्वतर्फ आय करको अंश २३ दशमलव २९ प्रतिशत, मूल्य अभिवृद्धि कर (भ्याट)को अंश २८ दशमलव १५ प्रतिशत र अन्तःशुल्कको अंश १४ दशमलव ९३ प्रतिशत रहेको छ ।राजस्वअन्तर्गत गैरकर शीर्षकमा १७ अर्ब ३३ करोड तीन लाख रुपैयाँ सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यको १२ दशमलव ८३ प्रतिशत हो । चालू आर्थिक वर्षको लागि एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रुपैयाँ कर सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, गैरकर शीर्षकमा (अन्य राजस्व) भने एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रुपैयाँको लक्ष्य राखिएको छ । गैरकर शीर्षकअन्तर्गत सम्पत्ति कर, भाडा तथा रोयल्टी, अन्तःशुल्कमार्फत वस्तु तथा सेवा बिक्रीबाट, प्रशासनिक सेवा र अन्य प्रशासनिक दस्तुहरूहरूमार्फत सरकारले राजस्व सङ्कलन गर्छ ।

गैरकर शीर्षकमा सम्पत्तिबाट प्राप्त आयबापत ७८ अर्ब ८७ करोड २१ लाख रुपैयाँँ, ब्याजबाट प्राप्ति आम्दानीबापत १४ अर्ब २१ करोड ४९ लाख रुपैयाँँ, लाभांशबाट प्राप्त आयबापत ४९ अर्ब ६० करोड ५५ लाख रुपैयाँँ, भाडा तथा रोयल्टीबापत १४ अर्ब २४ करोड ५५ लाख रुपैयाँँ, अन्य शुल्कमार्फत ८० करोड ६१ लाख रुपैयाँँ, वस्तु तथा सेवा बिक्रीबाट ४३ अर्ब ८५ करोड नौ लाख रुपैयाँँ, प्रशासनिक सेवा शुल्क २९ अर्ब ९७ करोड ४० लाख रुपैयाँँ, अन्य प्रशासनिक दस्तुहरूबापत एक अर्ब ७६ २० लाख करोड रुपैयाँँ, अन्य प्रशासनिक सेवा शुल्कबापत एक अर्ब ३२ करोड २८ लाख रुपैयाँ र दण्ड, जरिबाना र जफतबापत चार अर्ब ६० करोड ८६ लाख रुपैयाँँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, अनुदानबाहेकका हस्तान्तरणबाट छ लाख रुपैयाँ, विविध राजस्व अर्थात् चालू दाबी तथा अन्य शुल्क सात अर्ब ७६ करोड १२ लाख रुपैयाँ, अन्य राजस्व अर्थात् प्रदूषण नियन्त्रणबापत सात अर्ब ७४ करोड रुपैयाँ र पुँजीगत राजस्वबापत एक करोड ३४ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सरकारले आफ्नो आम्दानी अर्थात् राजस्व सङ्कलन कर र गैरशीर्षकअन्तर्गत रहेका विभिन्न उपशीर्षकमार्फत गर्दै आएको पाइन्छ ।

सरकारले राजस्व सङ्कलनको लक्ष्य पूरा नहुनुमा भने वैज्ञानिक प्रणालीमा बजेट अर्थात् राजस्व संरचनाको ढाँचा निर्माण नहुने रहेको विज्ञहरू बताउँछन् । राजस्वको लक्ष्य निर्धारण वैज्ञानिक प्रणालीमा भन्दा पनि अनुमानको भरमा हुँदा लक्ष्य नजिक पुग्न नै कठिन भएको अर्थविद् केशव आचार्यले आर्थिक दैनिकलाई बताए । राजस्वको ठूलो हिस्सा आयातमा निर्भर रहनु, करको दायरा अपेक्षितरूपमा विस्तार हुन नसक्नु, कर सङ्कलन लागत र कर परिपालनामा सुधार नहुनुले पनि राजस्वमा समस्या देखिएको अर्थविद् आचार्यको भनाइ छ । सरकारले राजस्व सङ्कलनका लागि प्रविधिमैत्री र स्वचालित भुक्तानी एवं कर सङ्कलन व्यवस्था नहुनु, राजस्व चुहावटको स्थिति विद्यमान रहनु, संघीय संरचनाबमोजिम तीन तहका सरकारले लक्ष्यअनुसार राजस्व परिचालन हुन नसक्नु, कर बक्यौता रहनु, राजस्व छुट नियन्त्रण गर्न नसकिनु, आर्थिक क्रियाकलापमा अनौपचारिक क्षेत्रको हिस्सा उल्लेख्य रहनुलगायतका समस्या देखिनु राजस्व सङ्कलनमा समस्या भएको विज्ञहरू बताउँछन् । अर्थतन्त्रका विभिन्न क्षेत्रहरूको अध्ययन गरी सबै क्षेत्र र व्यवसायलाई करको दायरामा ल्याउने, राजस्व छुटलाई नियन्त्रण गर्ने, बक्यौता असुलीलाई प्रभावकारी बनाउने, आयातमा आधारित राजस्वको हिस्सालाई घटाउँदै आन्तरिक राजस्वको हिस्सा बढाउने, गैरकर राजस्वको दर पुनरावलोकन गरी लागत प्रभावी बनाउनेलगायतका विषयहरूमा ध्यान दिनुपर्ने उनको भनाइ छ । विद्यमान कर परीक्षण पद्धतिमा सुधार गर्ने, एकीकृत कर प्रणाली र राजस्व व्यवस्थापन सूचना प्रणालीका सूचना एक–आपसमा भिडान हुने र निकायगत विद्युतीय प्रणालीहरू आबद्ध गर्ने, बिलिङ प्रणाली एवं बजार अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने विज्ञहरूको भनाइ छ । त्यसैगरी भन्सार विन्दुमा मालवस्तुको घोषणा, वर्गीकरण र मूल्याङ्कनलाई यथार्थपरक र कारोबार मूल्यमा आधारित बनाउनुपर्दछ । मूल्य हस्तान्तरण, आयको खण्डीकरण र करमुक्ति योजनाको प्रबन्ध हुने कार्यलाई निरुत्साहित गर्न सूचना प्रणालीलाई सुदृढ बनाउन र निकायका बीच समन्वय र सहकार्य हुनुपर्ने विज्ञहरू बताउँछन् ।

अर्थमन्त्री विष्णु पौडेलले पनि संसद्ले अनुमोदन गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताउँदै परम्परागत अभ्यासबाट लक्ष्यअनुरूपको राजस्व सङ्कलन गर्न नसक्ने बताउँदै आएका छन् । ‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौँ । चलनचल्तीका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैन’, अर्थमन्त्री पौडेलले भनेका छन्, ‘चलनचल्तीको अभ्यासबाट माथि उठौँ । कमीकमजोरीको स्वमूल्याङ्कन गरौँ । चुहावटलाई नियन्त्रण गरौँ । राजस्व परिचालनमा कमजोरी हुन नदिऔँ ।’

खर्चमा पनि कमजोर
महालेखाको दैनिक बजेटरी विश्लेषणअनुरूप सरकारको खर्च समेत लक्ष्यको नजिक पुग्न सकेको छैन । १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले उक्त लक्ष्य भेटाउनका लागि मासिकरूपमा एक खर्ब ५५ अर्ब दुई करोड ५२ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर, पहिलो साउन महिनामा सरकारको कुल खर्च ४० अर्ब ३० करोड ७६ लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत रहेको छ । कुल खर्चमध्ये चालू खर्च भने १२ अर्ब ३८ करोड २२ लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्यको एक दशमलव शून्य नौ प्रतिशत हो । चालू खर्चको वार्षिक लक्ष्य भने ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ रहेको छ । पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत हो । पुँजीगततर्फ वार्षिक लक्ष्य भने तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १९ अर्ब २७ करोड छ लाख रुपैयाँ खर्च भएको छ । जुन वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ वार्षिक लक्ष्य भने तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छ । साभारः आर्थिक दैनिक

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

39 मिनट पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

39 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..