अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोकारबला निकायमा ध्यानाकर्षण पत्र बुझाइयो
1 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना अपाङग मैत्री हुनुपर्ने माग सहित संघर्ष गरिरहेका आङगता भएका व्यक्तिहरुले बुधबार मधेश प्रदेशका मन्त्रालय तथा जनकपुरधाम उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । अपाङग समाज जनकपुरका अध्यक्ष शत्रुघनलाल कर्णले हस्ताक्षर गर्नुभएको सो ध्यानाकर्षणपत्र अपाङगता संग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुले मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री सरोज कुमार यादव, गृह,संचार तथा कानुन मन्त्रालयका सचिब चुरामणी फुयाल तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसंग भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेपालको संविधान, २०७२ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धी, २००६ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ समावेशी शिक्षा नीति,२०७३ अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ सम्मानित सर्वोच्च अदालतको फैसलाहरु आदी ऐन, नीति, नियम र निर्देशिका कडाईका साथ कार्यान्वयन गर्न र प्रदेश तथा स्थानिय सरकाले निर्माण गर्ने ऐन, नीति, नियम र निर्देशिकामा अपाङ्गता सवाल समावेश गराउन माननिय मुख्यमन्त्रि मार्फत मातहतका सवै मन्त्रालयहरुको समेत ठूलो भुमिका रहने हुँदा मन्त्रालयहरुबाट यी सवालहरुको सम्बोधन हुने माग ध्यानावर्षणपत्रमा उल्लेख गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिका लागि संचालित राष्ट्रिय कार्यक्रम समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (सि.वि.आर.कार्यक्रम) स्थानीय तहवाट निरन्तरता दिनुपर्ने माग गरिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिने रोजगार दाता निकायहरुलाई राज्यको नीति अनुसार २५ प्रतिशत सम्म आयकर छुटको व्यबस्था कार्यान्वयन गर्न, निर्वाचन प्रकृयामा अपाङ्गता भएका ब्यक्तिको सहभागिता सुनिश्चि गर्न मतदान नामावलीमा नाम समावेश र निर्वाचनको पुर्ण प्रकृया पहुँचयुक्त बनाउन नीतिगत परिर्वन गर्न, प्रदेश सरकारवाट ऐन,कानून, नीति, नियमहरु बनाउँदा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था र अपाङ्गता क्षेत्रका विज्ञहरुको अनिवार्य सहभागिता गराउन, अभिभावक नभएका अपाङ्गता भएका व्यक्तिहरु,घर भित्र लुकाएर राखिएका अपाङ्गता भएका व्यक्तिहरु र फिजियोथेरापी तथा अन्य परामर्श सेवा आश्यक रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्र,दिवासेवा केन्द्र संचालन तथा व्यवस्थापनका लागि आवश्यक नीति कार्यक्रम र विनियोजन गर्न ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।
यसका साथै हरेक नगरपालिका र गाउँपालिकामा अपाङ्गता सूचना तथा परामर्श केन्द्र (सहायता कक्ष)स्थापना गर्दै प्रदेश स्तरीय सूचना तथा परामर्श केन्द्र स्थापनाका लागि आवश्यक कार्य गर्न, प्रदेश स्तरमा अपाङ्गता सवाल हेर्ने छुटै महाशाखा तथा समाज कल्याण अधिकृत तोक्ने व्यवस्था तत्काल गर्न, नेपाली सांकेतिक भाषालाई सरकारी मान्यता प्रदान गर्दै प्रत्येक मन्त्रालय तथा स्थानीय तहहरुमा एक जना सांकेतिक भाषाको दोभाषे नियूक्ति, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि अपाङ्गता लक्षित नीति कार्यक्रमहरु
ब्यावस्था गर्न, सरकारको सेवा उपभोगको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुवाट कुनै पनि प्रकारको शुल्क दस्तुर नलाग्ने व्यवस्था गर्न, वि.स.२०६८ सालमा सर्वोच्च अदालतको फैसला भए अनुसार सबै बेरोजगार अपाङ्गता भएका व्यक्तिहरु र अतिअशक्त तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका एक सहयोगका लागि जीवन धान्ने गरि समाजिक सुरक्षा भता लागि व्यवस्था मीलाउन , हेमोफिलियाको कारण अपाङ्गता भएका व्यक्तिहरुको लागी प्रदेश भित्र हेमोफिलिया मैत्री कियर युनिट संचालन गरि प्लाज्मा,क्रायो निशुःल्क व्यवस्था मिलाउनुको साथै प्रदेश भित्र हेमोफिलियाको पहिचान तथा रक्त परिक्षण गर्ने निशुल्क व्यवस्था गर्न माग गरिएको राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले जानकारी दिनुभयो ।
उक्त ध्यानाकर्षणपत्र बुझ्दै गृह,संचार तथा कानुन मन्त्रालयका सचिब चुरामणी फुयालले अगामी वर्षको बजेटमा ई मागहरुलाई सम्बोधन हुनेगरी बजेट विनियोजन हुने आश्वासन दिनुभयो । यता, भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री सरोज कुमार यादवले प्रदेश सभाको निर्वाचित सदस्यहरुलाई परिपत्र गरी अबउपरान्त भौतिक संरचना निर्माण गर्दा अपाङगमैत्री बनाउन पहल गर्ने आश्वासन दिनुभयो । उहाँ मागहरु जयज रहेकाले मन्त्रालयले गर्ने भौतिक निमाणका कामहरु अपाङमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ध्यानाकर्षणपत्र बुझ्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उपमहानगरपालिकाको भवनमा छिट्टै लिफ्ट लगाउने वाचा गर्दै अन्य कामका लागि सहकार्य गर्ने बताउनु भयो ।
अपाङ समाज जनकपुरका अध्यक्ष शत्रुघन लाल कर्णको जिज्ञासामा उपमहानगरपालिकाले अपाङगता भएका व्ययक्तिहरुका लागि खरिद गर्ने साहायक सामग्रीहरु कमसल नभई गुणस्तरीय सामान वितरण गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । सो ध्यानाकर्षण पत्रमा अपाङसमाज जनकपुरका पदाधिकारी, कर्मचारी लगायतका अपाङगता स.ग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न
जनकपुरधाम माघ १२ गते ।असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विर..
3 दिन पहिले
असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न
जनकपुरधाम माघ १२ गते ।असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विर..
3 दिन पहिले
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित
जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..
4 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..
जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..
4 दिन पहिले
राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..
जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..
4 दिन पहिले
प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..
जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..
4 दिन पहिले
अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..
जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..
12 दिन पहिले
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन
जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..
19 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
2 महीना पहिले
श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..
जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..
2 महीना पहिले
शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..
2 महीना पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
4 महीना पहिले
राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..
जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित
जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..
प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..
जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..
राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..
जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..