अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोकारबला निकायमा ध्यानाकर्षण पत्र बुझाइयो

2 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा
जनकपुरधाम
भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना अपाङग मैत्री हुनुपर्ने माग सहित संघर्ष गरिरहेका आङगता भएका व्यक्तिहरुले बुधबार मधेश प्रदेशका मन्त्रालय तथा जनकपुरधाम उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । अपाङग समाज जनकपुरका अध्यक्ष शत्रुघनलाल कर्णले हस्ताक्षर गर्नुभएको सो ध्यानाकर्षणपत्र अपाङगता संग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुले मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री सरोज कुमार यादव, गृह,संचार तथा कानुन मन्त्रालयका सचिब चुरामणी फुयाल तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसंग भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेपालको संविधान, २०७२ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धी, २००६ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ समावेशी शिक्षा नीति,२०७३ अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ सम्मानित सर्वोच्च अदालतको फैसलाहरु आदी ऐन, नीति, नियम र निर्देशिका कडाईका साथ कार्यान्वयन गर्न र प्रदेश तथा स्थानिय सरकाले निर्माण गर्ने ऐन, नीति, नियम र निर्देशिकामा अपाङ्गता सवाल समावेश गराउन माननिय मुख्यमन्त्रि मार्फत मातहतका सवै मन्त्रालयहरुको समेत ठूलो भुमिका रहने हुँदा मन्त्रालयहरुबाट यी सवालहरुको सम्बोधन हुने माग ध्यानावर्षणपत्रमा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि संचालित राष्ट्रिय कार्यक्रम समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (सि.वि.आर.कार्यक्रम) स्थानीय तहवाट निरन्तरता दिनुपर्ने माग गरिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिने रोजगार दाता निकायहरुलाई राज्यको नीति अनुसार २५ प्रतिशत सम्म आयकर छुटको व्यबस्था कार्यान्वयन गर्न, निर्वाचन प्रकृयामा अपाङ्गता भएका ब्यक्तिको सहभागिता सुनिश्चि गर्न मतदान नामावलीमा नाम समावेश र निर्वाचनको पुर्ण प्रकृया पहुँचयुक्त बनाउन नीतिगत परिर्वन गर्न, प्रदेश सरकारवाट ऐन,कानून, नीति, नियमहरु बनाउँदा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था र अपाङ्गता क्षेत्रका विज्ञहरुको अनिवार्य सहभागिता गराउन, अभिभावक नभएका अपाङ्गता भएका व्यक्तिहरु,घर भित्र लुकाएर राखिएका अपाङ्गता भएका व्यक्तिहरु र फिजियोथेरापी तथा अन्य परामर्श सेवा आश्यक रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्र,दिवासेवा केन्द्र संचालन तथा व्यवस्थापनका लागि आवश्यक नीति कार्यक्रम र विनियोजन गर्न ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।

यसका साथै हरेक नगरपालिका र गाउँपालिकामा अपाङ्गता सूचना तथा परामर्श केन्द्र (सहायता कक्ष)स्थापना गर्दै प्रदेश स्तरीय सूचना तथा परामर्श केन्द्र स्थापनाका लागि आवश्यक कार्य गर्न, प्रदेश स्तरमा अपाङ्गता सवाल हेर्ने छुटै महाशाखा तथा समाज कल्याण अधिकृत तोक्ने व्यवस्था तत्काल गर्न, नेपाली सांकेतिक भाषालाई सरकारी मान्यता प्रदान गर्दै प्रत्येक मन्त्रालय तथा स्थानीय तहहरुमा एक जना सांकेतिक भाषाको दोभाषे नियूक्ति, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि अपाङ्गता लक्षित नीति कार्यक्रमहरु
ब्यावस्था गर्न, सरकारको सेवा उपभोगको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुवाट कुनै पनि प्रकारको शुल्क दस्तुर नलाग्ने व्यवस्था गर्न, वि.स.२०६८ सालमा सर्वोच्च अदालतको फैसला भए अनुसार सबै बेरोजगार अपाङ्गता भएका व्यक्तिहरु र अतिअशक्त तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका एक सहयोगका लागि जीवन धान्ने गरि समाजिक सुरक्षा भता लागि व्यवस्था मीलाउन , हेमोफिलियाको कारण अपाङ्गता भएका व्यक्तिहरुको लागी प्रदेश भित्र हेमोफिलिया मैत्री कियर युनिट संचालन गरि प्लाज्मा,क्रायो निशुःल्क व्यवस्था मिलाउनुको साथै प्रदेश भित्र हेमोफिलियाको पहिचान तथा रक्त परिक्षण गर्ने निशुल्क व्यवस्था गर्न माग गरिएको राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले जानकारी दिनुभयो ।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै गृह,संचार तथा कानुन मन्त्रालयका सचिब चुरामणी फुयालले अगामी वर्षको बजेटमा ई मागहरुलाई सम्बोधन हुनेगरी बजेट विनियोजन हुने आश्वासन दिनुभयो । यता, भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री सरोज कुमार यादवले प्रदेश सभाको निर्वाचित सदस्यहरुलाई परिपत्र गरी अबउपरान्त भौतिक संरचना निर्माण गर्दा अपाङगमैत्री बनाउन पहल गर्ने आश्वासन दिनुभयो । उहाँ मागहरु जयज रहेकाले मन्त्रालयले गर्ने भौतिक निमाणका कामहरु अपाङमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ध्यानाकर्षणपत्र बुझ्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उपमहानगरपालिकाको भवनमा छिट्टै लिफ्ट लगाउने वाचा गर्दै अन्य कामका लागि सहकार्य गर्ने बताउनु भयो ।

अपाङ समाज जनकपुरका अध्यक्ष शत्रुघन लाल कर्णको जिज्ञासामा उपमहानगरपालिकाले अपाङगता भएका व्ययक्तिहरुका लागि खरिद गर्ने साहायक सामग्रीहरु कमसल नभई गुणस्तरीय सामान वितरण गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । सो ध्यानाकर्षण पत्रमा अपाङसमाज जनकपुरका पदाधिकारी, कर्मचारी लगायतका अपाङगता स.ग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

3 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

3 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

4 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

4 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

5 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

5 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

5 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

12 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

19 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

19 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

19 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..

22 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..