जनकपुरधामका महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

्बटुकनाथ झा । जनकपुरधाम, १८ गते कार्तिक महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २२ जना महिला जनप्रतिनिधिहरुका लागि तेस्रो मोडयुलको चार दिने प्रारम्भिक तालिम शुक्रबार सम्पन्न भएको छ। महिला जनप्रतिनिहिरुलाई संस्थागत विकास तर्फ तेस्रो मोड्युलको प्रशिक्षण अन्तगरगत व्यक्तिगत विकासका लक्ष्यहरु र कार्य योजना,समुदाय परिचालन, विकास,सञ्चार माध्यम संग सहकार्य,समुहगत कार्य, बैठकको योजना व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनाई तथा सञ्जाली कारण गरी कुल ९ विषयमा तालिम दिईने माण्डवीका अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले जानकारी दिनुभयो । सो तालिमको समापन सत्रमा साझेदार संस्था आईएफईएसका ड्प्युटी कन्ट्री डाइरेक्टर(उपदेश निर्देशक) राधिका रेग्मीलाई सहभागी महिला सदस्यहरुले चार दिनमा सिकेका जानकारीहरु भन्न लागउनु भएको थियो । सहभागीहरुले सिकेका विभिन्न ९ वटा विषयका बारेमा सहजै जानकारी दिएका थिए । आफुहरुले यो तालिम पाएकार नेतृत्व सम्बन्धी सामान्य देखि महत्वपुर्ण जानकारीहरु हासिल गरेको सहभागी महिला जनप्रतिनिधिहरुले जानकारी गराएका थिए । सहभागी महिला जनप्रतिनिधहरुलाई प्रशिक्षक सम्झना बर्मा तथा अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले प्रशिक्षण दिनुभएको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा दुबै जना प्रशिक्षकले महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठाउन गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिईरहेको अनुगमन अधिकृत चौधरीले जानकारी दिनुभयो । यो भन्दा पहिला दोस्रो चरणको प्रशिक्षणमा सहभागीहरुलाई प्रस्तुतीकरण र सार्वजनिक वक्तव्य सीप,सरोकारबलाहरुसंगको सहकार्य, लैँगिकता र लैँगिक समानता, नियमन,महिला नेतृत्वको परिचय, आत्म विस्वासको अभिबृद्धि, स्थानीय शासन र स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भुमिका, राजनीति तथा निर्णय प्रक्रियामा महिला सहभागीताको महत्व लागयतका विषयमा प्रशिक्षण सम्पन्न भईसकेको छ । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत तेस्रो चरणमा धनुषाका क्षिरेश्वरनाथ नगरपालिका,गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई चार दिने प्रशिक्षण सम्पन्न भईसकेको चौधरीले जानकारी दिनुभयो ।

 
 

12 comments
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

4 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

4 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

4 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

10 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

10 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

10 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

11 दिन पहिले

  श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..

जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..

27 दिन पहिले

शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..

30 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

2 महीना पहिले

भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..

जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..

5 महीना पहिले

संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..

5 महीना पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..