जनमत नेताद्वारा मधेसी आयोगका पदाधिकारीमाथि कारबाहीको माग

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ ।जनमत पार्टीका नेता बीपी साहले मधेसी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको माग गरेका हुन् ।

‘मधेसी आयोगले मधेसी भाषालाई संरक्षण गर्न सरकारलाई सिफारिस गर्नु पर्नेमा विवाद गराउने खोजेको र मधेसी–मधेसी बिच द्वन्द्व गराउन खोजेको देखिन्छ,’ नेता साहले भने, ‘जन निर्वाचित माननीय ज्यूहरूको मानहानि गर्न खोजेको जस्ता पदीय मर्यादा एवं आचरण विपरीत कार्य मधेसी आयोगका पदाधिकारीले गरेको देखिन्छ। त्यस कारण मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ।’

सामाजिक सञ्जालमार्फत ७ बुँदे नसिहत दिँदै नेता साहले लेखेका छन्,‘ संविधानको धारा २६२ अनुसार गठन भएको मधेसी आयोगको काम, कर्तव्य र अधिकार ‘मधेसी आयोग ऐन, २०७४’ बमोजिम रहेको छ। ऐनको परिच्छेद ३ को (७) बमोजिम आयोगको काम, कर्तव्य र अधिकारमा मधेसी आयोगलाई कुनै पनि निकायसँग स्पष्टीकरण सोध्ने अधिकार दिइएको छैन । अधिकार क्षेत्रभन्दा बाहिर गएर संघीय संसद् सचिवालयलाई मधेसी आयोगले स्पष्टीकरण सोधेको देखिन्छ।’

मधेसी आयोगले स्पष्टीकरण नसोधी ऐनको दफा ८ बमोजिम राय, परामर्श माग गरेको हो भने ऐनको दफा २३ बमोजिम नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत जानु पर्ने दाबी साहको छ ।

‘मधेसी आयोगले संघीय संसद् सचिवालयलाई पठाएको पत्रको पहिलो पाराग्राफमा मधेसी आयोगमा विभिन्न माध्यमबाट ‘उजुरी’ प्राप्त भएको भनिएको छ । मधेसी आयोग ऐन, २०७४ को दफा (७) को (ठ) बमोजिम आयोगमा आएको उजुरीमाथि छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार मात्र आयोगलाई दिइएको छ,’ नेता साहले भने, ‘तर, मधेसी आयोगले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर संघीय संसद् सचिवालयलाई निर्देशन दिएको देखिन्छ।’

आयोगको पत्रमा ‘मधेसी भाषा’ सूचीकृत नभएको भनिएको छ। त्यस कारण मधेसी आयोगको ऐनको दफा (७) को (ज) अनुसार मधेसी आयोगले ‘मधेसी भाषा’को संरक्षण एवं विकासका लागि नेपाल सरकारलाई सिफारिस गर्नु पर्ने नेता साहको दाबी छ। तर, आयोगले ऐन विपरीत ‘मधेसी भाषा’ एवं शपथ ग्रहण गर्ने जनप्रतिनिधिहरूलाई अपमानित गरेको उनको आरोप छ।

‘आयोगको पत्रमा ‘मधेसी भाषा’का कारण ‘नेपालमा विद्यमान रहेका सूचीकृत अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव परेको’ भनिएको छ,’ नेता साहले भने, ‘मधेसी भाषाका कारण कुन–कुन भाषामाथि के–कस्ता नकारात्मक प्रभाव परेको भन्ने स्पष्टीकरण मधेसी आयोगले दिनु पर्छ।’

संविधानको धारा ८८ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले शपथ लिने व्यवस्था रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को (२) मा ‘कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रतिनिधि सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिन अगावै सङ्घीय संसद् सचिवालयलाई उपलब्ध गराउनु पर्नेछ।’

अर्थात् प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले ‘आफ्नो मातृभाषामा शपथ’ लिन खुल्ला गरेको छ। ‘सूचीकृत भाषा’ मै शपथ लिनु पर्ने बाध्यता ऐनमा नरहेको जिकिर नेता साहले भने, ‘जनमत पार्टीका अध्यक्ष माननीय डा. सीके राउतसहितका माननीय ज्यूहरूले आफ्नो मातृभाषा मधेसी भाषामा शपथ लिएका हुन् ।’

मधेसी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको, मधेसी भाषालाई संरक्षण गर्न सरकारलाई सिफारिस गर्नु पर्नेमा विवाद गराउने खोजेको, मधेसी–मधेसी बिच द्वन्द्व गराउन खोजेको नेता साहको आरोप छ ।साभार : नेपाल प्रेस

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

2 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

18 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

20 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

21 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

28 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..