राष्ट्रिय धान दिवस : दही च्यूरा खाएर रोपाइँ गरिँदै

10 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं। ‘आज धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ।आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।साभार : डिसी नेपाल

12 comments
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

12 घन्टा पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

12 घन्टा पहिले

आज १८ औँ लोकतन्त्र दिवस

काठमाडौं, वैशाख ११ : आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञ..

12 घन्टा पहिले

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न ए..

काठमाडाैं, वैशाख ९ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको ..

1 दिन पहिले

कतारका राजा नेपाल आइपुग्ने दिन भाेलि सरकारले दियाे सार्..

काठमाडौं, वैशाख १० : कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भा..

1 दिन पहिले

हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम..

दिपेश मल्लिकजनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन..

2 दिन पहिले

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

चितवन, माघ २० : कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो ..

3 महीना पहिले

किसानको जोखिम कम गर्न कृषि, पशुपन्छी बिमामा जोड

जनकपुरधाम, असोज ३० गते ।  मधेश प्रदेशका जिल्लाहरूमा किसानहरू कृषि बाली बिमाप्रति आकर्षित गर्न प्रधानमन्त्री ..

6 महीना पहिले

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

धनुषा । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएक..

9 महीना पहिले

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

वीरगञ्ज,  असार  १८ गते । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन ..

10 महीना पहिले

'हचुवाका भरमा आलु-प्याज र फलफूलमा लगाइएको कर हटाइयोस्'

काठमाडौँ — उपभोक्ता हित संरक्षणमा सक्रिय सरोकारवाला संस्थाहरूले हचुवाका भरमा आलु-प्याज र फलफूल तथा अत्यावश्य..

10 महीना पहिले

चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं । डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले प..

1 वर्ष पहिले

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांस..

जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्ता..

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ ,वैशाख ५ गते । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्..

श्रममन्त्रीले गरे पूर्वमन्त्री भण्डारीका तीन निर्णय खा..

काठमाडाैं, चैत ६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिम..

नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे न..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख ६ गते ।  शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथ..