मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ
3 वर्ष पहिले प्रकाशित
Smrititimes
वीरगञ्ज, असार १८ गते । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो । अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताउनुभयो । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सप्तरी र सिरहामा १५/१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०/६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५/५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कुल ८१ हजार छ सय ६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार तीन सय ५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार पाँच सय हेक्टरमा, बारामा ६२ हजार आठ सय २३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार पाँच सय २० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार एक सय हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार छ सय ७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार सात सय हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म सप्तरीमा १० हजार दुई सय हेक्टर, सिरहामा आठ हजार एक सय हेक्टर, सर्लाहीमा पाँच हजार पाँच सय २० हेक्टर, बारामा चार हजार छ सय दुई हेक्टर, पर्सामा दुई हजार आठ सय २८ हेक्टर, रौतहटमा एक हजार ७५० हेक्टर, धनुषामा दुई हजार नौ सय र महोत्तरीमा दुई हजार तीन सय ७५ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको निमित्त निर्देशक कुशवाहाले जानकारी दिनुभयो ।
समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाई गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा यस वर्ष निरासाजनक रुपमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुँदा रोपाइँ सुक्न थोलेको छ । “पान्नी तान्ने मोटर लगाएरै करिब पाँच कठ्ठा जग्गामा धान रोपाइँ गरे”, पर्साको बहुदरमाई नगरपालिका–५ का किसान नवलकिशोर साहले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले एकातिर धान रोपाइँ गर्न पाएका छैनौँ भने अर्कोतिर रोपिएको धानसमेत सुक्न थालेको छ”, अब पनि केही दिन पानी नपरेर ठूलो खडेरीको मार खेप्नुपर्ने हुन्छ, उहाँको चिन्ता छ । सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाईको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुरको आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा खडेरीको चिन्ता बढेको कृषि विज्ञको भनाइ छ । मधेस प्रदेशका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।साभार : गोरखापत्र
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
1 दिन पहिले
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
1 दिन पहिले
अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..
जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..
1 दिन पहिले
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
1 दिन पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
6 दिन पहिले
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन
जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..
8 दिन पहिले
एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..
जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..
10 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक ..
5 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
7 महीना पहिले
भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..
जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..
10 महीना पहिले
स्वास्थ्य आमा समुहलाई करेसावारीको सामग्री वितरण जनकपुर..
फागुन १५ गते ।धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका विभिन्न वडाहरुमा रहेको स्वास्थ्य आमा ..
11 महीना पहिले
ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न
जनकपुरधाम माघ १८ गते ।विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका लाग..
12 महीना पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..
जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..