समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, भदौ २२ गते । महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिरापुर, मझौरा विष्णुपुर र सिमरदही गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकामा नौ वटा वडा छन् । कुल ३६ हजार १३६ जनसङ्ख्या रहेको यसको क्षेत्रफल २९.०२ वर्गकिलोमिटर छ । पूर्वमा धनुषाको तुल्सीयाही, पश्चिममा जलेश्वर नगरपालिका, उत्तरमा पिपरा गाउँपालिका र दक्षिणमा भारत विहारको मधवापुर रहेको छ । यो नगरपालिकाले संस्कृत शिक्षा र धार्मिक पर्यटनको हिसाबले विकसित हुनुका साथै भौतिक पूर्वाधारको विकासले पनि गति लिएको देखिन्छ । यस नगरपालिकाले गरेको विकास निर्माण कार्य एवं भावी योजनालगायतको विषयमा केन्द्रित रहेर नगर प्रमुख हरिप्रसाद मण्डलसँग गोरखापत्रका जलेश्वर समाचारदाता महेशकुमार दासले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ः

तपाईंलाई नगर प्रमुखमा दोस्रो पटक मटिहानीका मतदाताले जिताउनुको कारण के होला ?

पहिलो पटक निर्वाचित भएपछि जनताका अधारभूत कुरालाई चुनौतीका रूपमा लिएर काम गरेको थिएँ । नगरपालिकालाई सुन्दर र समृद्ध पालिका बनाउने प्रयास गरे । जुन ठुलो चुनौती नै थियो । जनताको आवश्यकतालाई बुझेर नै काम गरे । बजेट पनि त्यति धेरै थिएन । सन्तुलित बजेटलाई प्रभावकारी ढङ्गले जनताको मन जित्ने राम्रा काम गरेँ त्यहि भएर होला दोस्रो चुनावमा निर्वाचित गराएको महसुस भएको छ । 

दोस्रो पटक निर्वाचित भएपछि के के कामहरू गर्नुभयो ? 

पहिलो कार्यकालमा गर्न नसकेको कामलाई निरन्तरता दिने प्रयास गर्नुका साथै समग्र विकास कार्यलाई निरन्तरता दिने प्रयास गरेको हु । अधुरा रहेको कामलाई पूरा गर्ने अभिभारा जनताले दिएर नै दोस्रो पटक सेवा गर्ने अवसर दिएकाले सोही अनुरूप बाँकी कामलाई निरन्तरता दिने प्रयास गर्दै छु । सडक, शिक्षा, स्वास्थ्य जनताका आधारभूत कुरा मोडेलका रूपमा काम गरिरहेको छु । गर्न नसक्ने कामलाई पनि जिरो बजेटको आधारमा पनि सन्तुलित रूपमा काम गरिरहेको छु । वडाहरूको के आवश्यकता छ त्यसलाई पहिचान गरेर काम गरेको छु । नगरका धार्मिक पर्यटन, ऐतिहासिक, पौराणिक धरोहरको संरक्षण संवर्धनको प्रयास भरपुर रूपमा गरेको छुु । यहाँका मठ, मन्दिर तलाउलाई सौन्दर्यीकरण, हिन्दु तथा मुस्लिमको धरोहरलाई प्रचारप्रसारको काम गरिरहेको छु । नगर पूर्वाधारविहिन थियो तर अब भने यो पालिका नमुना बनाउने प्रयास जारी छ ।  

यो एकवर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा र कृषिमा के कस्ता काम भएका छन् त ?

स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई नै केन्द्रित गरेर अहिलेसम्म धेरै काम गरेको छौँ । स्वास्थ्यतर्फ दुई वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरसम्म र नजिकको अस्पतालसम्म बिरामी लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छौँ । मेयरसँग समुदाय स्वास्थ्य सेवा कार्यव्रmम अन्तर्गत हरेक शुक्रबार स्वास्थ्य चौकीभन्दा बाहिर टोल टोलमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी उपचार सेवा पु-याउने काम गरेका छौँ । प्रत्येक स्वास्थ्य चौकीमा महिनाको दुई दिन गर्भवती र बच्चाको जाँचका लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान, गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्यका लागि क्याल्सियम चक्की र प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराउन प्रोत्साहित गर्ने कार्यक्रमहरू गरिरहेका छौँ । 

यस्तै शिक्षा क्षेत्रको विकासका लागि कक्षा ११ पढ्ने छात्रालाई साइकल वितरण गर्नुका साथै पालिकाको नौ वटै वडामा अभिभावक शिक्षा चलाइरहेका छौँ । भौतिक पूर्वाधारमा सात विद्यालयमा भवन कक्षाकोठा निर्माण भइरहेको छ भने करिब सात वटा विद्यालय तथा मदर्साहरूमा शौचालय तथा धाराहरू जडान गरिएको छ । बालविकासका बच्चालाई प्रोत्साहित गर्न विद्यालय शैक्षिक अवस्था सुधार र शुव्रmबारका दिन ‘फ्री बुक डे’ कार्यक्रम सञ्चालनमा ल्याएर अतिरिक्त व्रिmयाकलापमा विद्यार्थीलाई सहभागी गराउने कार्य भइरहेको छ । शिक्षातर्फ नै प्राविधिक अध्ययन गर्ने विद्यार्थीलाई जोडकोषमा आधारित कार्यक्रम अन्तर्गत ल्यापटप वितरण कार्यव्रmम पनि राखेका छौँ । 

यसै गरी हाम्रो पालिका धान र गहुँमा निर्भर हुने पालिका भएकाले उन्नत जातको गहुँ र धानको बिउ वितरण गरेका छौँ भने मखान खेती र त्यसको बजारीकरणको सामग्री वितरण गर्ने कामहरू भएको छ । आँपको बिरुवा निःशुल्क वितरण, साना सिँचाइ ट्युबेल जडानको कामहरू गरिरहेका छौँ, कृषकलाई पम्पिङसेट मोटर, विषादी छर्किने मेसिन वितरणलगायतका कार्यक्रम दोस्रो विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । यसका साथै ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने नीति अन्तर्गत ८५ वर्ष नाघेका वयोवृद्धलाई गर्मीबाट जोगाउन पङ्खा र झुल वितरणसमेत गरेका छौँ । 

मतदातासँग निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

दोस्रो कार्यकालका लागि निर्वाचनको प्रचारप्रसारकै व्रmममा मैले भनेकै थिएँ । विगतमा नभएको कामलाई निरन्तरता दिनुका साथै जिल्लाकै नमुना पालिका बनाउने वाचा गरेको थिएँ । त्यो वाचा पूरा गर्ने प्रयास गर्दै छु । अझै पनि चार वर्ष बाँकी छ, मतदातालाई भनेको एक/एक प्रतिबद्धता पूरा गरेर देखाउँछु । 

पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालमा के भिन्नता पाउनुभयो र कस्ता कस्ता चुनौती देखा परेको छ ? 

पहिलो कार्यकाल मेरो लागि नयाँ अनुभव थियो । एकदमै चुनौती नै थियो तर मलाई एउटा कुराले धेरै नै सहयोग ग¥यो । म विगतमा सञ्चारकर्ममा लागेको कारण पालिकाको धेरै समस्या र चुनौतीसँग अवगत थिएँ । त्यहि भएर काम गर्न सजिलो भयो । जनताले चाहेको कुरा नजिकबाट देखेको र उहाँहरूको चाहना बुझेर काम गर्दै जाँदा सजिलो भयो । पहिलो कार्यकालमा पनि चुनौती नभएको होइन तर गर्न खोजे हरेक चुुनौतीको सामना गर्न सकिन्छ भन्ने विश्वास कै कारण सफल भएँ । दोस्रो कार्यकाल मेरो लागि एउटै पदमा काम गर्दा केही भिन्नता पाइन । जनताले चाहेको कुरा जबसम्म पूर्ण रूपमा गर्न सकिँदैन तबसम्म चुनौती रहिरहने छ । 

नगरपालिकामा आन्तरिक स्रोतसाधन के के छन् ? त्यसको परिचालन कसरी भइरहेको छ ? 

त्यति धेरै आन्तरिक स्रोतसाधन छैन । जे छ त्यसलाई नै प्रयोग गर्दै छौँ  । नगरपालिकासँग एक थान स्काभेटर, एक थान वारुणयन्त्र, तीन थान ट्याक्टर र दुई थान सवारीसाधन छ । ट्याक्टर फोहोर सङ्कलनलगायतको काममा प्रयोग भएको छ भने वारुणयन्त्र आगलागी नियन्त्रणमा । अरू साधन आवश्यकता अनुसार प्रयोग र परिचालन भइरहेको छ । 

सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो, सहयोग पाउनुुभएको छ कि छैन ? 

सङ्घ र प्रदेश सरकारसँग जुन खालको अपेक्षा गरेका छौँ, त्यो पक्कै पनि पूरा भएको छैन । विनियोजित बजेट प्राप्त भयो तर सङ्घ र प्रदेशबाट ठुलो योजना र दीर्घकालीन योजनाहरू पाएका छैनौँ । सानोतिनो योजना पाइराखेकै छौँ । ठुलो र दीर्घकालीन योजनाहरू ल्याउन ध्यानाकर्षण गराउने काम गरिरहेका छौँ । 

आगामी चार वर्षमा के कस्ता काम गर्ने योजना छ ?

आगामी चार वर्षमा विशेषगरी सबैभन्दा बढी कृषि, शिक्षा र भौतिक पूर्वाधारमा केन्द्रित भएर काम गर्ने योजना छ । मटिहानीलाई धार्मिक पर्यटन विकास दृष्टिकोणले र संस्कृत शिक्षाको हबका रूप दिने योजना छ ।  

तपाईंको दोस्रो कार्यकाल सकुन्जेल मटिहानीलाई कस्तो स्वरूप दिनुहुने छ ।  मेरो यो दोस्रो कार्यकाल सकुन्जेल समृद्ध र सुन्दर मटिहानी बनाउने र ग्रामीण क्षेत्र भए पनि यसलाई मिनी सहरको स्वरूप दिने प्रबल इच्छा छ । 

साभार : गोरखापत्र

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

5 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

5 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

5 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

5 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

14 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

17 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

4 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..